सिरहा, २ जेठ। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ।
भारत तर्फबाट नेपाल आईरहेका गोलबजार नगरपालिका ४ का २६ वर्षिष आशिष साह र १२ का बिनोद मण्डलाई सिरहा नगरपालिका १७ माडर भन्सार कार्यालय अगाडीबाट ६ ग्राम २४० मिलिग्रा प्रतिवन्धित लागुपदार्थ ब्राउन सुगरसहित पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा ज. २ प १७४४ नम्वरको मोटराईकलाई रोकी चेकजाँच गर्नेक्रममा मोटरसाइकल चालक साहले लगाएको माक्सभित्र लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेपछि दुर्वजनाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए।
मोटर साइकलसहित नियन्त्रणमा लिएका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान गरिरहेकोजनाएको छ।