जनकपुरधाम, २८ बैशाख। धनुषाको कमला नगरपालिका ५ स्थित कमला नदीको तटमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगो लागेको छ।

हवन गर्ने मुख्य मण्डपमा आगो लागेपछि महायज्ञमा सहभागी श्रद्धालु तथा सर्वसधालणको भागाभाग मचेको छ। भागदौड मच्दा एक महिला लडेर घाइते भएकी छन्। स्थानीयले उपचारका लागि अस्पताल लगिएको छ।

हवन मण्डपमा बाँस र खर प्रयोग गरिएको थियो। आगोले मण्डप जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । स्थानीय धर्मनाथ मण्डलले भण्डार कुनाबाट आपरुपी आगलगी सुरु भएको बताए।

उनले महायज्ञ समितिले चरम लापरवाही गरिरहेको आरोप लगाए। उनले भने, ’जति पैसा चन्दा उठाएको छ। सबै खान खोजेको छ। महायज्ञमा कुनै व्यवस्था छैन।’

महायज्ञमा सुरक्षाका लागि सुरक्षाकर्मी समेत परिचालन गरिएको छैन्। आगो लागेपनि नियन्त्रणका लागि प्रहरी नपुगेको बुझिएको छ।

नेपाल प्रेसबाट।