सिरहाबाट लागुपदार्थसहित तीन जना पक्राउ

    • बैशाख २७, २०८१
    • १९७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २७ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ। औरही गाउँपालिका १ दरैहियाबाट करिब ७ ग्राम ५२० मिलिग्राम अवैध लागूपदार्थ ब्राउनसुगरसहित गोलबजार नगरपालिका १२ का २३ वर्षीय युगेश लामा र धनगढीमाई नगरपालिका १० का २३ वर्षीय विषेश श्रेष्ठलाई पक्राउ गरेको हो।

    भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश–०२१ प ८४८५ नम्बरको मोटरसाइकललाई शंकालागि चेकजाँच गर्ने क्रममा मोटरसाइकलको भाईजरमा लुकाई राखेको दुईवटा पीलाष्टिक पोकामा ब्राउसुगर फेला परेपछि दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ साँपकोटाले जानकारी दिए।

    त्यसैगरी, भारतबाट पैदल नेपाल तर्फ आउँदैगरेको अवस्थामा प्रहरीलाई शंकालागि चेकजाँच गर्ने अवस्थामा औरही गाउँ पालिका १ बाट भारत भकुवनी जिल्ला, लदनियाँ ग्रामपञ्चायत ३ का २४ वर्षिय राजकुमार साहलाई कोडवील नामक लागुऔषध २४ थानसहित नियन्त्रणमा लिएको छ।

    उनीहरुसवैलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    महोेत्तरीबाट गाँजासह ...

    बर्दिवास, ७ जेठ। महोत्तरीले प्रहरीले करिव एकक्विन्टल आठ ...

    मिर्चैयाका आगलागी पी ...

    सिरहा, ६ जेठ। मिर्चैया नगरपालिका ३, सिसबोनीका आगलागी पी ...

    भारत जानलागेका सिरहा ...

    जनकपुरधाम, ६ जेठ। धनुषाबाट चार जना किशोर किशोरी उद्धा ...

    अख्तियारको कर्मचारी ...

    सिरहा, ६ जेठ। अख्तियारको कर्मचारी हुँ भन्दै विद्या ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल