साउदीमा मृत्यु भएका साहको शव कुर्दै परिवार 

    • बैशाख २६, २०८१
    • १८० पटक पढिएको
    • गमक पाेस्ट
    alt

     
     
    सर्लाही, २६ बैशाख। वैदेशिक रोजगारीमै रहेका बेला सर्लाही मानपुरका २८ वर्षीय अरबिन्द साहको मृत्यु भएपछि परिवार दुई सातादेखि शव कुरेर बसेको छ। गत १२ गते सउदी अरबस्थित एक कम्पनीमा काम गर्ने क्रममा उनको दुर्घटना परी मृत्यु भएको खबर आएपछि परिवार गहिरो शोकमा डुबेका छन्।

    घरको एक्लो छोराको मृत्युको खबरले बुवाको आँशु थामिएको छैन भने श्रीमती भावविह्वल छिन् । दुई अवोध छोरीले भने केही भेउ पाउन सकेकी छैनन्।

    बसबरिया गाउँपालिका–१ मानपुरका साह तीन वर्ष अघि साउदी पुगेका थिए । सन् २०२१ मा सउदीस्थित अएद दहिम अल हमाउत एण्ड पार्टनरर्स ट्रेनिङ कम्पनीमा कामदारका रुपमा गएका साह २०२३ मा फर्किने सम्झौता थियो । तर कम्पनीले फर्किने समयमा भिजा नदिएका कारण उनी घर फिर्न सकेका थिएनन् । सम्झौता अवधि गुजारिसकेका साहलाई कम्पनीले विदा र बिरामी परेका दिन पनि काम गर्न लगाउने गरेको उनका परिवारजनले बताएका छन्।

    तनाबका बीच काम गर्नुपर्दा र कम्पनीको लापारवाहीले छोराको ज्यान गएको उनका बुवा भिखारी साहले बताए। घरको एक्लो छोराको मृत्यु भएपछि बुहारी र दुई नातिना कसरी हुर्काउने भन्ने भिखारीको चिन्ता छ। ‘म उमेरले ६० कटिसके, घरको जिम्मेवारी छोराको काँधमा थियो, त्यही जिम्मेवारी बुझेर छोरा विदेश गयो, कम्पनीको लापारवाहीका कारण छोराको दुर्घटनामा मृत्यु भयो,’ उनले भने, ‘बुढेसकालमा ठूलो दुःखको सामना गर्नुपरेको छ।’

    घरको साहारा नै गुमेका कारण दुई छोरीको पालनपोषण र बृद्घ बुवाको हेरचाह गर्न समस्या भएको उनकी पत्नी मिना कुमारीको दुःखेसो छ। ‘घरको आर्थिक अवस्था उकास्नका लागि बैदेशिक रोजगारीमा गएको श्रीमानको शव कुरिरहेका छौं,’ मृतक साहकी पत्नी मिनाले भनिन्, ‘दुई छोरीको पालनपोषण र बृद्घ बाको हेरचाह कसरी गर्ने भन्ने चिन्ता पनि थपिएको छ, मैले पति गुमाए, मेरा दुई छोरीले बा गुमाए र बृद्घ बाले एक्ला छोरा गुमाउनुभयो, परिवारमा सबैभन्दा ठूलो बज्रपात आइपरेको छ।’

    उनका अनुसार सम्पत्तिको नाममा साह परिवारसँग घरखेत गरी ५ कट्ठा जग्गा छ तर, ८ लाख भन्दा बढी कर्जा लागेपछि उनी बैदेशिक रोजगारमा जानुपर्ने बाध्यता आइलागेको थियो । पीडित परिवारले शव झिकाउनका लागि बैदेशिक रोजगार बोर्ड तथा न्याय र क्षतिपुर्तीका लागि साउदीस्थित नेपाली राजदुतावासमा समेत आग्रह गरेका छन्।

    मिर्चैयाका आगलागी पी ...

    सिरहा, ६ जेठ। मिर्चैया नगरपालिका ३, सिसबोनीका आगलागी पी ...

    भारत जानलागेका सिरहा ...

    जनकपुरधाम, ६ जेठ। धनुषाबाट चार जना किशोर किशोरी उद्धा ...

    अख्तियारको कर्मचारी ...

    सिरहा, ६ जेठ। अख्तियारको कर्मचारी हुँ भन्दै विद्या ...

    संसदीय छानबिन समितिक ...

    काठमाडौ, ६ जेठ। प्रमुख चार दलबीच सहकारी ठगी प्रक ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल