सिरहा, २४ बैशाख। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु मालपोत कार्यालयका कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ।
जिल्ला भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनाललाई सेवाग्राहिसँग लिएको ३० हजार रुपैयाँ घुस रकमसहित कर्मचारी आवासबाट अख्तियारले नियन्त्रणमा लिएको हो।
जग्गा नामसारी गर्ने कार्यकालागि सेवाग्राहीसँग घुस÷रिसवत माँग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार कार्यालय, बुटवलबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
आयोगले नायब सुब्बा खनाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।


 
                     
                            
                                                            


 
         
         
        

















