लहान, २३ बैशाख। सप्तरीको महदेवा १, चिम्टिको आगलागी पीडितलाई सिरहाका विभिन्न संस्थाहरुले राहात प्रदान गरेको छ। उद्योग वाणिज्य संघ, आस्ता नेपाल र हेल्पिङ ह्याड्स टिम नामक संस्थाले अगलागी पीडितलाई ५१ थान ग्यास चुल्हो र सिलिण्डर प्रदान गरेको हो।
प्रत्यक पीडित परीवारलाई एक–एक थान ग्यास चुल्हो र सिलिण्डर प्रदान गरिएको आस्था नेपालका उपाध्यक्ष रामप्रकाश सिंहले जानकारी दिए।
उनका अनुसार लहानमा रहेका संस्थाहरुको समन्वयमा व्यक्तिगत रुपमा सहयोग सङ्कलनगरी स्थानीय पालिकासँगको समन्वयमा पीडितसम्म पुर्याएको हो।
आस्था नेपाल सुदिपराज कुशवाहको नेतृत्वमा सवैसंस्थाहरुसँग समन्वय गरी राहात संकलन गरिएको बताइएको छ।
राहत वितरणका लागि उद्योग व्यापार संघ सिरहाका अध्यक्ष विकास सारडा, खुशबु जयसवाल, रामप्रकाश सिंहलगायत गाउँमै पुगेका थिए।






















