बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराल ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मानबाट सम्मानित भएका छन्। काठमाडौंमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं राष्ट्रिय महाधिवेशनमा बराललाई शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरेका हुन्।
महासंघको २७ औं महाधिवेशन शुक्रबार सुरु भएर आज शनिबार सम्पन्न भएको थियो। प्रेस स्वतन्त्रता सेनानि सम्मान नेपाली पत्रकारितामा लामो समयसम्म प्रेस स्वतन्त्रताको पक्षमा कलम चलाएवापत प्रदान गरिने विशिष्ट सम्मान मानिन्छ।
महोत्तरीमा यो सम्मान पाउने बराल चौथो पत्रकार हुन्। यसअघि जिल्लाकै वरिष्ट पत्रकार विन्देश्वरीप्रसाद मण्डल, कुँवरकान्त झा र रविन्द्र उप्रेतिले यो सम्मान पाइसकेका छन्।





















