सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट सखुवा प्रजातीको विभिन्न नापसाइजको १२ थान चिरानसहित ६ थान साइकल बरामद गरेको छ।

विशेष सूचनाका आधारमा सब डिभिजन वन कार्यालय, चोहर्वाको टोलिले मिर्चैया नगरपालिका ९ पुलिसपट्टाबाट उक्त परिमाणको काठ र साइकल बरामद गरेको हो।

badiyar patti 20 1

वन अधिकृत मनोज कुमार कर्ण नेतृत्वमा पुगेको टोलिले काठसहित साइकल बरामद गरेको डिभिजन बन कार्यालय लहानले जनाएको छ। कार्यालयका अनुसार वन कर्मचारी आएको सुईंको पाएपछि तस्करहरु काठ र साइकल छोडेर भागेको हुन सक्ने वन कार्यालयको भनाई रहेको छ।

काठ र साइकल डिभिजन वन कार्यालय लहान सिरहामा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

काठ तक्सरहरुले यसरी ल्याएको काठ मिर्चैया, गोलबजारक्षेत्रका काठमिलहरुमा विक्रिगर्ने गरेको बताइन्छ।