निर्वाचनका कारण भारतसँगको सीमानाका बन्द रहने

    • बैशाख २२, २०८१
    • १५६ पटक पढिएको
    • गमक पाेस्ट

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा निर्वाचनका कारण सीमानाका आठ दिनसम्म बन्द रहने भएको छ। बिहार राज्यको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा हुन लागेको लोकसभा निर्वाचन सुरक्षालाई मध्यनजरगर्दै नेपाल–भारत सीमानाका आठ दिन बन्द हुने भएको हो।

    जिल्ला प्रशासन कार्यालय सिराहाले शनिबार सार्वजनिक सूचना जारी गर्दै पहिलो चरणको २५ वैशाखमा हुने निर्वाचनका लागि शनिबार (२२ वैशाख)को मध्यरातदेखि २५ वैशाखको मध्यरातसम्म नेपाल–भारत सीमानाका बन्द रहने जनाएको छ।

    सूचनाअनुसार दोस्रो चरणअन्तर्गत ७ जेठमा हुने निर्वाचनका लागि ४ जेठको मध्यरातदेखि ७ जेठको मध्यरातसम्म सीमानाका बन्द रहनेछ।

    करिब दुई महिनाअघि भारत बिहारको मधुवनीमा सम्पन्न नेपाल भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयअनुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टी र मार्डर नाका बन्द गरिने सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले सूजना जारीगरी गरेका छ।

    बिहार मधुवनीस्थित जिल्ला मजिस्ट्रेट, कलक्टर कार्यालय ११ अप्रिल २०२४ को पत्रमार्फत दुई चरणमा हुने निर्वाचनको ७२ घण्टाअगावैदेखि सीमानाका बन्द गरिदिन अनुरोध आएकाले सोहीबमोजिम १२ वैशाखको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमानाका बन्द गर्न लागिएको उनले बताए।

    440408097_2192641811074081_2036046994209943081_n

     

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल