सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई बैशाख २२ गते सशस्त्र प्रहरी बल नेपाल नम्वर २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ।

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले आगलागीबाट पीडित ५० घर परिवारलाई राहत स्वरुप लत्ताकपडा, भाडाकुँडा, लगायतका सामान वितरण गरेको हो।

नायव महानिरीक्षक शाहले जस्तोसुकै विपद्‍को घडीमा नागरिकहरुको उद्धार र सहयोगको लागि सशस्त्र प्रहरी सदैव तयार रहेको बताए।

सो कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहार लाल यादव, नम्वर १० गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद खनाल लगायत स्थानीय भद्रभलाद्मीहको उपस्थिती रहेको थियो।