सिरका दक्षिणी भेगमा पनि खानेपानीको समस्या

    • बैशाख २२, २०८१
    • १०८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जीवछ यादव

    लहान, २२ वैशाख। लोकमार्गदेखि दक्षिणी भेगमा हातेकल सुक्न थालेपछि खानेपानीको समस्या देखिन थालेको छ। मोटरजडान गरेर खानेपानीका लागि पर्याप्तता पानी उपलब्ध हुने दक्षिणी भेगमा देखिएको समस्याको समाधान नभए विकराल परिस्थिति आउने स्थानीयहरूले चिन्ता जाहेर गरेका हुन्।

    नेपाल खानेपानी संस्थान लहानका प्रमुख श्रीष भण्डारीका अनुसार प्रत्येक वर्ष दुई मिटर खानेपानीको सतह तल गइरहेकाले लोकमार्गदेखि दक्षिणी भेगमा पनि यसवर्ष समस्या देखिएकै हो। खानेपानीको धारा जडानका लागि आउने निवेदनका चाप विगत वर्षहरूको तुलनामा बढी देखिएको उनले बताए। यो समस्या लहान नगरपालिकाको पुरानो १० वटा वडाहरूमा देखिन थालियो।

    १० वर्ष अगाडि यो समस्या लहान नगरपालिकाको दुई वडामा मात्रै थियो। अहिले सहरी क्षेत्रको १० वटै वडामा यो समस्या देखिएको छ।

    लहान वडा नम्बर २ र ३ लोकमार्गदेखि दक्षिणका हातेकलहरु सुक्न थालेपछि खानेपानी, नुहाउन र गाइवस्तुलाई समेत खानेपानीको समस्या भएको लहान २ का विजय कुमार यादवले बताए । साथै यस वडामा उत्पादन गरिने तरकारी खेतीलाई पनि समस्या भएको उनको भनाइ छ।

    लहान २ मा खानेपानीका लागि जडान गरिएका हाते कलहरू सुक्न थालेपछि एक सयभन्दा बढी घर परिवार रहेका बस्तीमा ६३ घरमा धारा जडान गरिएको वडाध्यक्ष सियाराम यादवले जानकारी दिए।

    यस वडामा समरर्सियल बोरिङग जडान र खानेपानीको धारा जडान बाहेक अर्को भरपर्दो विकल्प नभएको उनको भनाइ छ।

    सिराहा जिल्लाको लहान, धनगडीमाई, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकाहरूमा समेत लोकमार्गदेखि दक्षिणी भेगमा देखिएको खानेपानीको समस्या चुरे क्षेत्रमा अवैध तरिकाले भएको वन विनाश, गिटी बालुवा उत्खनन् प्रमुख कारण रहेको वातावरणविद् दिनेश कुमार यादवले बताए।

    उनले भने, ‘‘प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे संरक्षण कार्यक्रम ल्याएर थालिएको प्रयासलाई प्रभावकारी ढङ्गले सरोकारवालाहरूले कार्यान्वयन गरेको भए आज यो समस्या आउने थिएन।’

    गोरखापत्रबाट।

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल