सर्लाहीमा आगलागी, ६५ भन्दा बढी घर जलेर नष्ट

    • बैशाख २०, २०८१
    • १२८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाईल फोटो।

    सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अगलागी भएको छ। जिल्लाको विष्णु गाउँपालिका १ स्थित बाराउद्योरण गाउँमा आज अपरान्ह भएको भिषण आगलागीमा करिब ६५ घर जलेका छन्।

    स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिण्डर विस्फोट हुँदा गाउँका करिब ६५ घर जलेको वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिए।

    अपरान्ह १ बजेतिरबाट सुरूभएको आगो स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बारुणयन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि निभाइएको समेत वडाध्यक्ष ठाकुरले बताए।

    ‘आगो निभाउन चार घण्टाभन्दा बढी समय लाग्यो। दमकल समयमै आएको भए यति धेरै क्षति हुन्थेन। केहीबेरसम्म चापाकलकै सहारामा आगो निभाउने प्रयास भए पनि बस्ती नै सखाप गरेर छोड्यो। फुसको र खपडाको छानासहितका धेरै घर भएकाले आगो चाँडै फैलियो’ उनले् भने।

    स्थानीय विनय सिंहले एउटा घरमा लागेको आगो ग्यास सिलिण्डर पड्किएपछि बस्तीमा विस्तार भएको बताए।

    त्यस्तै, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले आगलागी नियन्त्रणमा आएको र हाल क्षतिको विवरण सङ्कलनको काम भइरहेको जानकारी दिए।

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सिरहामा छिमेकीको कोद ...

    सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको ...

    चनौटे डाँडा : मधेश र ...

      बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने ...

    पेट्रोलमा सात र डिजे ...

    काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल