सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। सिरहा नगरपालिका १५ सुखचैनाका ३५ वर्षिय रंजित कुमार यादव पानी तान्ने विद्युतिय मोटरमा करेन्ट लागेर मृत्यु भएको हो।
आफ्नै खेतमा रहेको पानीतान्ने मोटरको तार विद्युतिय वोर्डमा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई जानकारि गराएको थियो।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको जिल्लाप्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए।


 
                     
                            
                                                            


 
         
         
        

















