सप्तरीको महदेवामा भीषण आगलागी, सयौंघर जलेर खरानी

    • बैशाख १८, २०८१
    • २२८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सप्तरी, १८ वैशाख। सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार भएको आगलागीका कारण एक सय ५० भन्दा बढी घर जलेर खरानी भएको छ। महदेवा १ चिम्टी टोलमा तीव्र गतिमा तातो हावा चलेको बेला आगलागी हुँदा ठूलोे क्षति भएको हो।

    स्थानीय शत्रुधन यादवको घरबाट आगो सुरु भएको आगलागीले प्रहरीले जनाएको छ। वडाध्यक्ष जयकिशोर दासका अनुसार मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका कम्तीमा एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको बताए।

    राजविराज, शम्भुनाथ, हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट आएको बारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रणमा नआएपछि नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

    आगो पूर्णरुपले नियन्त्रणमा आईसकेकाले क्षतिको विवरण एकीन गर्न तत्काल नसकिने प्रहरीको भनाई छ।

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल