मोटरसाइकलमो पछिल्लो चक्कामा सल बेरिएर दुर्घटना, एक महिलाको मृत्यु

    • बैशाख १५, २०८१
    • २१२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। अर्का एक जना गम्भिर भने घाईते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दीबास ५ स्थित टुटेश्वर जंगलमा प्रदेश २–०३–००७ प ३३६९ मोटरसाइकल दुर्घटना हुँदा चालक सर्लाहीको बागमती ४ कि २२ वर्षीया स्मृति कार्कीको मृत्यु भएको हो।

    प्रहरीकाअनुसार चिउँडो, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको उनलाई तत्काल बर्दीबासस्थित एक स्वास्थ्यसंस्थामा भर्ना गरिएको थियो।

    अवस्था गम्भीर भएपछि थप उपचारका लागि जनकपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए। सोही दुर्घटनामा टाउकोमा चोट लागि गम्भीर घाइते भएकी ५० वर्षीया उषा कार्कीको शुभ स्वस्तिक असपतालमा प्राथमिक उपचारपछि थप काठमाडौं लगिएको छ।

    बर्दीबासस्थित इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रेवतीरमण पोखरेलकाअनुसार पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको मोटरसाइकलको पछाडि चक्कामा उषा कार्कीको सल बेरिदा दुर्घटना भएको हो ।

    सिरहाबाट लागुपदार्थस ...

    सिरहा, २७ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सप्तरीको फत्तेपुरमा ...

    सप्तरी, २७ बैशाख। सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा ...

    उपेन्द्र यादवको कार् ...

    काठमाडौं, २७ बैशाख। जसपाका अध्यक्ष अशोक राईले अस ...

    अनुमति नलिई हज यात्र ...

    काठमाडौं, २७ बैशाख। साउदी अरेबिया सरकारको गृह मन्त्रालय ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल