मटिहानी आगलागी पीडितहरूको गुनासो : चार रात भो सुत्नै पाएका छैनौ

    • बैशाख १५, २०८१
    • १४० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    महोत्तरी, १५ वैशाख। महोत्तरीको मटिहानी नगरपालिकाका आगलागी पीडितहरूको बिचल्ली भएको छ । आगलागीबाट घर जलेर नष्ट भएपछि उनीहरू चार रातदेखि बाहिरै छन्।   अत्यधिक गर्मीले समेत उनीहरूलाई सताएको छ । मधेश प्रदेशको (४० डिग्रीमाथि)को चर्को घाममा  उनीहरू त्रिपालभित्र बसेर दिन र रात काटिरहेका छन्।

    मटिहानी नगरपालिका ६ मा बसोबास गर्ने उनीहरू बुधवारदेखि बाहिरै छन् । अगालागी पीडितहरूले अत्यधिक गर्मीका कारण रातभरि निद्रा नलाग्ने दुःखेसो पोखे । पीडित २५ वर्षीय अजमेरी खातुनले रातभरि सुत्न गाह्रो भइरहेको बताइन् । उनको घर आगलागीमा परेर पूर्णरुपमा नष्ट भएको छ।

    उनले भनिन्, ‘गर्मी बढी छ, पङ्खा जलेर नष्ट भएको छ । त्रिपालभित्र बस्दा निन्द्रा लाग्दैन, बच्चाहरू प्नि रोइरहेका हुन्छन्, म पनि रातभर जागेर नै बिहान हुन्छ, बिहान ५ बजेपछाडि अलि शीतल भएपछि एक छिन सुत्छौँ । त्यो पनि केही समयका लागि ।’ बिहान १० बजे पछाडि घटना बुझ्न र हेर्न मान्छे आउन थालेपछि सुत्नै नपाइएको गुनासो उनको छ।

    खातुनका ७ भाइ बहिनी र एक छोरीसहित आमा बुवा पनि त्यही सुत्छन् ।  पछिहारी टोलका ७३ वर्षीय सलिम नदाबको भनाइ पनि अजमेरीको भन्दा फरक छैन ।  घरमा भएको खाद्यान्नदेखि सबै लत्ताकपडा जलेर नष्ट भएपछि उनी पनि चार दिनदेखि बाहिर त्रिपालमुनि दिन र रात कटाइरहेका छन् । उनले पनि राम्रोसँग सुत्न नपाएको गुनासो गरे । 

    उनी जलेको घर अगाडि त्रिपाल टाँगेर बसेका छन् । ‘कोही आउँला, हाम्रो घर पहिलाको जस्तै बनाइदेला भन्ने आशामा दिन काट्ने दैनिकी बनेको छ,’ ज्येष्ठ नागरिक नादाबले भने ।   सोही टोलकी १२ वर्षीया प्रवीण खातुनले पनि आफूहरू निकै कष्ट सहेर बसिरहेको बताइन् । उनले भनिन्, ‘बिहानको समयमा अलि निद्रा लाग्छ, त्यो बेला चिसो पनि हुँदोरहेछ । त्यो बेला हामी निदाउँछौ । नत्रभने अरू बेला एकदम गर्मीले गाह्रो भइरहेको छ, पहिला पङ्खा थियो । मज्जाले निद्रा लाग्थ्यो, अहिले जलेर नष्ट भएपछि सुत्न कठिनाइ भइरहेको छ ।’  

    उनले खाद्यान्नजस्तै पङ्खा पनि सहयोग आइदिए ठुलो राहत हुने आशा व्यक्त गरिन् । मधेशको टन्टलापुर घाममा बस्दा उनीहरूलाई स्वास्थ्यमा पनि समस्या भइरहेको जिल्ला महिला सञ्जाल महोत्तरीकी संयोजक इसरागन यादव बताइन् ।

    उनले भनिन्, ‘हामी महिलाहरूको समस्या बुझ्न त्यहाँ पुग्दा केही महिलाले हातमा घाउ आएको, आँखा पोल्ने जस्ता समस्या देखापरेको सुनाए । अब हामी ती समस्याहरू समाधानका लागि स्वास्थ्य शिविर चलाउन पहल गरिरहेका छौँ ।’

    चाँडै स्वास्थ्य शिविर चलाएर समस्याको समाधान गराउने कोसिस गरिरहेको उनले बताइन् ।  घटना भएको दिन आगोले धेरैको आँखामा समस्या ल्याएको पीडितहरूको गुनासो छ । त्यो बेलाको तापले अहिले पनि आँखा पोल्ने पीडितहरूको गुनासो छ ।  

    आगलागी पीडितहरूका गुनासाबारे न मधेश सरकार, न त केन्द्र सरकारे नै चासो दिएको छ । सरकारले राहत प्याकेज ल्याउन समेत नल्याएको पीडितहरूको गुनासो छ । । पूर्णरुपमा घर जलेर नष्ट भएकाहरू अहिले घर कसले बनाइदेला भन्ने चिन्तामा छन् । 

    ‘जो आउँछन्, फोटो खिच्छन् । त्यसपछि सबै घटनाबारे सोध्छन्, तपाईंहरुको समस्याको समाधान हुन्छ भनेर जान्छन्,’ एक पीडितले भने । तर सरकारीस्तरबाट कुनै किसिमको ठोस राहत नआएको उनको भनाई छ । 

    अगालागीबाट १०३ घर पूर्णरुमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रमुख नकुल पोखरेलले जानकारी दिए । सो घटनाबाट ४७० जना पीडित भएको पोखरेलले जनाए ।  पोखरेलका अनुसार आगलागीबाट करिब १ करोड ६२ लाख भन्दा बढीको क्षति भएको छ । 

    रातोपाटी अनलाईनबाट।

    दल दर्ता प्रक्रिया न ...

    काठमाडौं, २६ बैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालका ...

    सन्दीपको आक्रोस : गौ ...

    काठमाडौं, २६ बैशाख। क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र ...

    जसपा, नेपालले पार्टी ...

      काठमाडौं, २५ बैशाख। जनता समाजवादी पार् ...

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल