रौतहटको करुनियामा आगलागी, ७ घर जल्दा लाखौंको क्षति

    • बैशाख ११, २०८१
    • ९९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगलवार अपरान्ह भएको आगलागी बाट ७ वटा घर जलेर लाखौंको क्षती भएको छ।

    बिद्युतको तार सर्ट भएर अपरान्ह ४ बजे भएको आगलागी बाट स्थानिय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी,ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी, र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको हो।
    आगलागी बाट घरमा रहेको अन्नपात,लत्ताकपडा ,भाडा वर्तन, नगद, सहित घरहरु जलेर पुर्ण रुपमा नष्ट भएर कुल १६ लाख ९० हजार बराबरको क्षती भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन।

    सशस्त्र प्रहरी सुरक्षा बेश देवाहीबाट सई कृष्ण नन्दन राय यादबको कमाण्डमा खटिएको ९ जना, ईलाका प्रहरी कार्यालय देवाही गोनाही बाट इन्स्पेक्टर कुशाराम कार्कीको कमाण्डमा गएको १० जनाको टोली गौर नगरपालिका बाट गएको दमकल र स्थानिबासीहरुको सहयोगमा करीब ५ बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल