सिरहा यातायातमा १५ देखि ५५ हजारमा ड्राईभिङ्ग लाईसेन्स किनबेच हुँदै

    • बैशाख १०, २०८१
    • ४८८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    आशिष विश्वकर्मा

    सिरहा, १० बैशाख। यातायात व्यवस्था कार्यालय लहान र ट्राफिक कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स)खरिद विक्रि हुने गरेको पाइएको छ। घुस नबुझाई जतिपटक परीक्षा र ट्रायलमा दिएपनि पास नहुने र घुस वापत रकम बुझाएपछि सजिलै लाईसेन्स हातलाग्ने भएपछि यो रहस्य वाहीरीएको हो।

    सिरहा गोलबजारका एक युवकले लिखित पास गरेर तीन पटक मोटरसाईको लाईसेन्सको ट्रायल दिए। तर, उनी पास हुन सकेन। तर, उनीसँगै गएका साथिहरुले १५ हजार तिरेर लिखित र ट्राईल दुवै पास गरे।

    यातायात कार्यालय लहानमा मोटरसाइकलको लाईसेन्स १२ देखि १५ हजार, चार चक्काको ३० देखि ३५ हजारसम्म रकम विचौलियामार्फत बुझाए सजिलै लाईसेन्स पाईने ती युवकले बताए।

    उनले भने, ‘म राम्रोसँग मोटरसाइकल चलाउन जान्दछु, लिखित पहिलो पटकमै पासगरें। तर, तीन पटक ट्रायल दिंदापनि पास हुन सकिएन। घुस नदिई लाईसेन्स लिउँ भनेको यहाँ मुस्किल रहेछ।’

    ‘घुस नदिई काम गराउँछु भन्ने लागेर खुरुखुरु ट्राइल दिएँ। पासै हुन सकिएन। अव त्यसै एक वर्ष पछाडी परियो।’ उलने थपे, ‘अव घुस दिएर्रै नदिई नहुने अवस्था देखियो।’

    सिरहा धनगढीमाईका रमेश यादव (परीवर्तीत नाम) पाँच वर्ष देखि गागन खोलामा बालुवा ओसार्ने ट्याक्टर चलाउँछन्। तर, उनीसँग ड्राईभिङ लाइसेन्स थिएन। उनी लेखपड समेत जान्दैन तर, उनले ३५ हजार रुपैयाँ तिरेर लाईसेन्स लिए।

    उनले भने, ‘म ट्याक्टर चलाउन जान्दछु, लेखपढ गर्न त्यति जान्दिन। पैसा नदिई लाईसेन्स पाइँदैन भन्ने साथीले सुनाएपछि मैले पनि यातायात कार्यालय वाहिरै विचौलीयालाई ३५ हजार ऋणलिएर बुभाए नभन्दै लाईसेन्स हात लाग्यो।’

    लहान यातायात कर्यालय अगाडी लेखापढी व्यवसायीको रुपमा रहेकाकाहरुको मुख्य धन्दा नै यहि हो। उनीहरु हाकाहाकी मोटरसाईकलको १५ हजार, ट्याक्टर र चारचक्के गाडीको ३५ हजार र ठूला सवारी साधानको लाईसेन्स लिन ४५ देखि ५५ हजार सम्म लाग्ने बताउँछन्।

    उनीहरुले रकम लिएका ९९ प्रतिशतले सहजै लाईसेन्स परीक्षा र ट्रायल दुवै पास पनि गर्नेगरेको दावी गर्छन्। त्यहि कार्यरत एक लेखापढीको रुपमा काम गर्ने विचौलियाले भने, ‘कहिलेकाही ढिलो भएका कारण सेटीङ्गमा समस्या हुन्छ, अन्यथा सवैके काम हुन्छ।’


    ट्याक्टर, म्याजिक र विङ्गरचालकमात्र हैन यहाँबाट लाईसेन्सलिने धेरैले रकम तिरेर र भनसुनको भरमामात्र लाईसेन्स पाउने गरेको एक विचौलियाले बताए। ति बिचौलियाले भने, ‘रकम नबुझाएसम्म लाईसेन्स नै पाइँदैन, हामीहरुलाई पनि थौरै कोटा दिएको हुन्छ। त्यहि अनुसार सेटिङ्गमा काम हुने हो।’

    उनले यहाँ पार्टीका नेता, सरकारी कार्यालयहरु र पत्रकारलाई समेत कोटा छुट्याएको सुनाए।


    यस विषयमा यातायात कार्यालय लहानका प्रमुख कुसेश्वर साहसँग फोन सम्पर्क गरी तपाईको कार्यालयमा घुस नबुझाएसमम लाइसेन्स नै पाईन्न रे नी ? भन्ने प्रश्नमा उनले ‘कार्यालयभित्र त्यस्तो घुस लिएको मलाई जानकारी छैन, बाहिर कता के के हुन्छ मलाई जानकारी भएन।’

    पुनः विचौलियालाई रकम बुझाउने सवै पास हुने र पैसा नबुझाउने फेल हुनुले के सङ्केत गर्छ त? भन्दा उनले, ‘अहिले म बाहिर गाडीमा छु, राम्रो कुरा सुनियन पछि कुरा गरौंला भनी फोन काटे।’

    रकम नबुझाई ट्रायल पास गराउनु हुन्न भन्ने सेवाग्राहीले गुनासो गरेको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक डम्वर पुरीसँग जिज्ञासा राख्दा उनले भने, ‘ट्रायल सेन्टरमा गएका हाम्रो ट्राफिक प्रहरीले रकम माँग्ने गरेको भन्ने मलाई जानकारी छैन। भएको भए मलाई जानकारी गराउनुस तुरुन्त कारवाही गछु।’

    उनले ट्राफिक प्रहरीले ट्रायल हेर्ने र नतिजा दिनेमात्र हो, बाँकी काम यातायत कार्यलयले गर्नेभएकोले हाम्रो खासै भुमिकापनि हुँदैन।

    सिरहामा विना विचौलीयाको लाईसेन्स नै बन्दैन भनी जिज्ञासा राख्दा प्रहरी निरिक्षक पुरीले केहि सुनिएन भनी फोन काटे।

    यातायात र ट्राफिक प्रहरीले लाईसेन्स वापत अवैध रुपमा उठाईएको रकम जिल्ला, प्रदेश हुँदै विभाग सम्म पुग्ने गरेको विगत लामो समयदेखि यातायात कार्यालयमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा जनाएको छ।

    ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयले लेखापढी व्यसायी, ड्राईभिङ्ग सेन्टरलाई विचौलीया खडागरी खुलेयाम रुपमा ड्राइभिङ लाईसेन्स विक्रिवितरण गरिरहेको सेवाग्राहीहरु बताउछन्।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल