तराईमा पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना, सतर्क रहन मौसमविद्को अनुरोध

    • बैशाख १०, २०८१
    • १२८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १० बैशाख। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी ५ दिन (वैशाख १४ गते) सम्म तराईमा तातो हावा चल्ने सम्भावना रहेकाले त्यसको असरबाट बच्न तराईवासीलाई सुझाव दिएका छन्।

    तराईमा अत्यधिक तातो हावा चल्ने सम्भावना रहेकोभन्दै महाशाखाले सोमबार दिउँसो ‘विशेष बुलेटिन जारी गरी विशेषगरी तराई क्षेत्रका नागरिकलाई वैशाख १४ गतेसम्म सजगता अपनाउन अनुरोध गरेको हो।

    ‘महाशाखाद्वारा जारी बुलेटीनमा ‘आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नहुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’ भनिएको छ। ‘त्यसैले ती भूभागहरूमा आगामी ५ दिन (२०८१ वैशाख १० गते देखि २०८१ वैशाख १४ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

    साथै काठमाडौँजस्ता उपत्यका तथा खोँच भएका स्थानमा पनि तापक्रम बढ्ने सम्भावना देखिएकाले सतर्कता अपनाउन भनिएको छ।

    बुलेटिनमा भनिएको छ, ‘साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन हुन अनुरोध छ।’

    tato-hawa-1_ZVhYsdHLRJ

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल