शिक्षामा गुणस्तर वृद्धिगर्न सहि योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सरोकारबालाको ठम्याई

    • बैशाख ८, २०८१
    • १८६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ८ बैशाख। सिरहाको धनगढीमाई नगरपालिकामा आज आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले शिक्षामा गुणस्तरीयता वृद्धिकोलागि नगरको प्रभावकारी अनुगमनको आवश्यकता रहेको बताएका छन्।

    ग्रामीण जागरण समाज, धनगढीमाई ५ द्वारा आयोजित ‘विद्यार्थी भर्ना अभियान र धनगढीमाईको शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले नियामक निकायले निरन्तर अनुगमनगरी पुरस्कार र जरीवानाको व्यवस्था गरे शिक्षामा सुधार आउने बताएका हुन्।

    उनीहरुले नेतृत्वको उदासीनताका कारण शिक्षाक्षेत्रको अवस्था कमजोर हुँदै गएको बताए। उनीहरुले भने, ‘प्रत्यक वर्ष नगरपालिकाका कर्मचारीहरु सम्मानित र पुरस्कृत हुन्छ। के नगरको ३३ विद्यालयका एक जना शिक्षकपनि पुरस्कृत गर्ने लाएको छैन? भन्दै नेतृत्वसँग प्रश्न गरे।’

    उनीहरुले नगरले राम्रा काम गरेका शिक्षक÷विद्यालयलाई पुरस्कार, खराव कामगर्ने विद्यालय र शिक्षकलाई दण्डको व्यवस्थागरे विद्यालय शिक्षामा सुधार आउने बताए।

    नगर प्रमुख शिवशंकर महतोले नगरपालिकाले गर्नुपर्ने काम संस्थाले गरिएकोमा धन्यवाद प्रकट गर्नुगग गर्दै उनले नगरमा नियमित शैक्षिक गतिविधि गरिरहेको भए पनि सबैको साथ सहयोग नपाएका कारण प्रभावकारी रुपमा अगाडि बढाउन नसकिएको स्वीकार गरे।

    नेपाली कांग्रेसका जिल्ला सभापति एवम् संविधानसभा सदस्य रामचन्द्र यादवले नगर प्रमुख शिवशंकर महतोको करनी र कथनीमा फरक रहेको आरोप लगाए। सभापति यादवले नगर प्रमुख महतोले भाषण गर्ने बेलामा ठूल–ठूला भाषण गरे पनि काम भने फिटिक्कै नगरी नगरलाई तहस नहस पारेको आरोप लगाए।

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले नगरका मौजुदा शिक्षालाई राम्रो बनाउनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। सहभागिता र गुणस्तरीयता फरक कुरा भएको वताउँदै नेता चौधरीले शिक्षा क्षेत्रको विकासका लागि नगरको स्पष्ट ‘प्लान’ नहुँदा शिक्षा क्षेत्र कमजोर हुँदै गएको बताए।
    जनता समाजवादी पार्टीका मधेश प्रदेश सदस्य डेनक मोक्तानले नगरपालिकाको शिक्षा क्षेत्रमा देखाएको उदासिनताको कारण पछिल्लो कालमा नगरको शिक्षा कमजोर बन्दै गएको बताए। उनले यस्तै अवस्थारहे धनगढीमाई नगर क्षेत्रभित्रका विद्यालयहरुमा अझै वेथिति बढेर जाने बताए।
    नगर क्षेत्रभित्र करिव चार प्रतिशत वालवालिका अझै विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक भएको प्रति सरोकारवालाहरुले चिन्त व्यक्त गरे।

    कार्यक्रममा समाजसेवी नवराज लामाले नगरक्षेत्रको शिक्षाको अवस्था, सुधारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यपत्रमाथि नगर उपप्रमु संगीता कुमारी चौधरी, शिक्षाविद नन्द कुमार थापा, जनता माध्यमिक विद्यालय धनगढीमाई २ भवानीपुरका प्रधानाध्यापक रामविलास यादव, समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको तर्फबाट दुर्गाबहादुर मल्लले टिप्पणी गरेका थिए।

    कार्यक्रममा भर्ना अभियान, शैक्षिक गुणस्तरीयता लगायत शैक्षणीक गतिविधिको विस्तृत रुपमा शिक्षाविद् नन्द कुमार थापाले सहजीकरण सहितको टिप्पनी गरे। उनले कार्यपत्रले भर्ना अभियान र अहिलेको नगरको शैक्षिक अवस्थाको बारेमा बोलेको बताउँदै शिक्षा विकासमा राम्रो सुरुवात भएको बताए।
    उनले शिक्षाक्षेत्रलाई प्रविधिमैति बनाउँदै कक्षा कोठामा प्रविधि छिराउनु पर्नेमा जोड दिए। शिक्षा विद थापाले त्यसको लागि शिक्षकहरुले दक्षता हासिल गर्नु पर्नेमा जोड दिए।

    सोही क्रममा जनता माध्यमिक विद्यालय धनगढीमाई २ भवानीपुरका प्रधानाध्यापक रामविलास यादवले नगरको नेतृत्वले शिक्षाक्षेत्रमा थोरै ध्यान दिए अहिलेको अवस्थामा ५० प्रतिशत सुधार आउने ठोकुवा गरे। उनले भने, ‘अहिले विद्यालयहरु ऋभिभाव विहिन जस्तै भएको छ। नगरको नेतृत्वले थोरै समय दिएको खण्डमा पनि यसमा गुणात्मक सुधार आउँछ।’

    समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले विद्यालय सुधारको योजना बनाएर प्रभावकारी कार्यान्वयनमा जोडदिनुपर्ने बताए। उनले प्रभावकारी नतीजाकोलागि योजना बनाएर आगडी बढ्नुपर्नेमा जोड दिए।

    अध्यक्ष महतोले विद्यालय भर्ना उमेरभन्दा पनि विद्यालयमा हुनुपर्ने उमेरका ठूलो संख्या विद्यालयबाहिर रहेको भन्दै चिन्ता व्यक्त गरे। उनीहरुलाई विद्यालयमा पुनः भर्ना गराउने र टिकाउने विषयमा सोच्नुपर्ने बेला भएको बताए।

    ग्रामीण जागरण समाजका अध्यक्ष प्रकाश खड्काको अध्यक्षता, शिक्षक महेश मण्डलको संचालनमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षा क्षेत्रमा सरोकारवाला राख्ने सरोकारवाला लगायतको उपस्थिति रहेको थियो।

    C0017T01

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल