पर्साको भलुवहीयाँमा भीषण आगलागी : ५ घर, कुखुरा फार्म र १० बिघाको गहुँबाली जलेर नष्ट

    • बैशाख ८, २०८१
    • १७३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     
    वीरगञ्ज, ८ बैशाख। पर्साको छिपहरमाई गाउँपालिका-१ भलुवहीयाँमा शनिबार दिउँसो भएको आगलागीबाट कुखुरा पाल्ने पोल्टी फार्मसहित पाँच वटा घर र एउटा पोल्ट्री फार्म जलेर नष्ट भएको छ। आगलागीबाट १० बिघाभन्दा बढीको गहुँबाली पनि जलेर सखाप भएको प्रहरीले जनाएको छ। 

    ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीका अनुसार, भलुवहीयाँ गाउँसँग जोडिएको सीमावर्ती भारतीय गाउँ बसन्तपुरको खेतमा गहुँ काटेर बाँकी रहेको खुटी (ठुटा) जलाउन एक किसानले आगो लगाएको र त्यही बेला चलेको हावाहुरीले आगोको लप्का भलुवहीयाँ गाउँको गहुँखेतमा सल्किएर त्यसैबाट आगलागी भएको हो। 

    nullआगलागीबाट भलुवहीयाँ गाउँमा पाँच वटा फुसको घर, एउटा पोल्ट्री फर्म, त्यसमा रहेका ब्रोइलर कुखुराका चल्लाका साथै १० बिघाभन्दा बढी गँहुबाली र १०/१२ वटा परालको कुन्यु पनि जलेर नष्ट भएको प्रहरी निरीक्षक केसीले बताए। आगलागीबाट भलुवहीयाँ गाउँका किसुनदेव पासवान,मुकेश पासवान,रूपा पासवान, सन्तोष पासवान र लखन पासवानको घर तथा मनमोद प्रसाद यादवको कुखुरा फार्म जलेर नष्ट भएको हो। आगलागीबाट घर र त्यसमा रहेका सबै सामानहरु पूर्णरुपमा जलेर नष्ट भएका कारण ती घरका परिवारहरु बिचल्लीमा परेका स्थानीय शैलेश गुप्ताले जानकारी दिए। 

    भलुवहीयाँ गाउँमा लागेको आगलागी वीरगन्ज महानगरपालिका र पोखरीया नगरपालिकाबाट गएका दुई वटा दमकलको मदतमा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिलेर निभाएको उनले बताए। आगलागीबाट भएको क्षतिको विवरण अहिले यकिन भइ नसकेको भन्दै प्रहरी निरीक्षक केसीले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए। 

    अन्नपूर्णपोष्टबाट।

     

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल