धनगढीमाईका निजी स्रोतका शिक्षकले ९ महिनादेखि तलव पाएनन्

    • बैशाख ७, २०८१
    • २७७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ७ बैशाख। धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत र सशर्त शिक्षण अनुदानका शिक्षकहरुले ९ महिलनादेखि तलव पाएका छैनन्। पालिकामा आन्तरिक स्रोतको कमि र आन्तरिक समस्याका कारण करिव २० जना शिक्षकहरुले तलव भत्ता नपाएका हुन्।

    निजी स्रोतमा सञ्चालित माध्यमिक विद्यालय र आधारभुत विद्यालयका शिक्षकले करिव एक वर्षदेखि नगरपालिकाले तलव भत्ता नपठाएको प्रधानाध्यापकहरुले बताए। उनीहरुले करिव एक वर्षबाट सशर्त शिक्षण अनुदान र निजी स्रोतका शिक्षकको तलव नआएको बताए।

    आधारभुत विद्यालय, धनगढीमाई १३ कैलाशपुर भर्लेनीका प्रधानाध्यापक अमर कुमार योञ्जनले आफ्ना विद्यालयमा कार्यरत दुई जना शिक्षकको तलव भत्ताबापत रकम एक वर्षदेखि विद्यालयको खातामा नआएको बताए। उनले भने, ‘उहाँहरुको तलव भत्ता एक वर्षदेखि आएको छैन, हामीले विद्यालयको स्रोतबाट थोरै पेश्की दिएका छौं।’

    जनता आधारभुत विद्यालय, धनगढीमाई १ बाखैरका प्रधानाध्यापक विनोद कुमार साहले पनि निजी स्रोतका शिक्षकको तलवभत्ता नगरपालिकाले यस आर्थिक वर्षमा एकपटकपनि नपठाएको बताए। उनले भने, ‘सशर्त शिक्षण अनुदान र वडा कार्यालयको अनुदानका दुईजना शिक्षकको तलव पालिकाले निकाशा दिएका छैन। हामीले शिक्षकहरुलाई विद्यालयको आन्तरिक कोषबाट तलव दिईरहेका छौं। पालिकाले पनि अव चाँडै पठाउने भनेको छ।’

    ‘सशर्त शिक्षण अनुदान र निजी स्रोतका शिक्षकको तलव भत्ताबापतको रकम लामो समयदेखि गएको छैन; शिक्षा, युवा तथा खेलकुद शाखाका हरिनारायण सिंहले भने, ‘मैले निजी स्रोत र सशर्त शिक्षण अनुदानमा कार्यरत शिक्षकहरुको तलवभत्ताको सम्पूर्ण कागजात लेखाशाखामा बुझाई सकेको छु, केहिदिन अघिसम्म सो रकम गएको छैन भन्ने जानकारी छ। तर, हिजो आज गएको भए मलाई जानकारी भएन, म आज विदामा छु।’

    नगरक्षेत्रभित्र ७ जना कम्पूटर शिक्षकसहित करिव २० जना निजी स्रोतमा कार्यरत शिक्षकलाई पछिल्लो नौं महिनादेखि नगरपालिकाले तलव भत्ता पाएका छैनन्।

    लेखा अधिकृत पुरुषोतम कुमार प्रसादले आन्तरिक स्रोतबाट तलव व्यवस्थापन गर्नुपर्ने शिक्षकहरुको तलव सुवुधा जान सकेको थिएन, भर्खरै बजेट संशोधन गरीएको छ। अव कार्यालय प्रमुख आउनेदिनै पाउनु पर्ने सवै विद्यालयमा रकम जान्छ।’

    ‘पहिला स्रोत व्यवस्थापन हुन सकिरहेको थिएन, स्रोत व्यवस्थापन भईसकेपछि कार्यालय प्रमुख सरुवा भएर जाने र आउने प्रकृया हुन थालेकाले ढिलो भएको हो अव चाँडै जानुपर्ने सवैको सेवा सुविधा जान्छ।’ लेखा अधिकृत प्रसादले भने।

    अधिकृत प्रसादले भने, ‘अहिले म पनि विदामा छु, हाकीमसाव पनि विदामा भएकाले कार्यालय प्रमुख आएकैदिन रकम जान्छ।’

    यस सम्वन्धमा प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गरेपनि उनी विदामा रहेकाले सम्पर्क हुन सकेन।

    नगर प्रमुख शिवशंकर महतोले ‘मैले जानकारी पाएसम्म सवै शिक्षक कर्मचारीको तलव चैत मसान्त सम्मको गई सकेको हुनुपर्छ। निजी स्रोतकाहरुको पनि दशैंसम्मको तलव खाएको भन्ने हो। गएको रहेनछ भने तत्काल पठाउन लाउँछु।’

    उनले यो प्रशासनको काम भएकाले पनि आफूलाई सवै जानबारी नहुने बताए।

     

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल