कृषि पेसा र मन्त्रालय दुवैलाई आकर्षक बनाउनु छ : कृषि मन्त्री साह

    • चैत्र २८, २०८०
    • २३५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २८ चैत। कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहले कृषिकै माध्यमबाट देश समृद्ध बन्न सक्ने जिकिर गरेकी छिन्। सिरहाको गोलबजार नगरपालिका २ गुरुधामस्थित कुम्भीखाडी साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११ औं वर्षिक साधारणसभालाई सम्वोधनगर्दै देश विकासको लागि कृषिमा उचित लगानी आवश्यक रहेको बताएकी हुन्।

    देश विकासमा महत्वपूर्ण योगदान पुर्याउनसक्ने अवस्था हुँदाहुँदैपनि कृषिमा उचित लगानी नभएको भन्दै मन्त्री साहले भनिन्, ‘देश समृद्ध बनाउन कृषिको महत्वपूर्ण योगदान रहने बुझ्दाबुझ्दै पनि यो मन्त्रालय अनाकर्षक मन्त्रालयको रुपमा परिचित छ। कृषिमा लगानी वृद्धि गर्दै उत्पादकत्व बढाएर देश समृद्ध बनान र मन्त्रायलाई पनि आवर्षक बनाउन जरुरी छ।’

    उनले स्थानीय र प्रदेश सरकारले पनि कृषिको दिगो विकासका लागि लगानी गर्नुपर्नेमा जोड दिए।

    सोही क्रममा उनले आफू प्रकृयाभन्दा कृषिक्षेत्रलाई आधुनिक, उत्पादनमुलक र व्यवसायीक बनाउन नीतिनिर्माणमा जोडदिने बताए। उनले भने, ‘कृषि विकासको लागि हामीले धेरै काम गर्नु पर्ने छ। त्यसेको लागि सवैभन्दा पहिला नीति आवश्यक रहेकोले म प्रकृयामा भन्दा नीति निर्माणमा बढी जोड दिन्छु।’

    उनले कृषिमा आधुनिकीकरण गर्दै व्यवसायीक, उत्पादनशील बनाएर यो पेशा र बन्त्रालय दुवैलाई आवर्षक बनाउने सरकारको दायित्व रहेको बताए।

    प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले कृषि पेसा र मन्त्रालय दुवै जोखिमपूर्ण रहेको बताए। उनले सरकारी उदासिनता र भरपर्दो सिंचाईको व्यवस्था नहुँदा कृषि पेसा जोमिमा परेको बताए। उनले व्यक्ति पिच्छे बोर्डिङ दिन सम्भव नरहेको भन्दै भरपर्दो सिंचाईको व्यवस्था गरिनु पर्नेमा जोड दिए।

    फरक प्रसङ्गमा पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठले लिपुलेक, लिम्पियाधुरासहितको भारतले कब्जा गरेरको नेपाली भुमी फिर्ता गर्नुपर्ने बताए। उनले भने, ‘भारतले कब्जा गरेको लिपुलेक, लिम्पियाधुरासहितको नेपाली भूमी सरकाले तत्काल भारतसँग बार्ता गरेर गरेरको भूमी तत्काल फिर्ता गर्नुपर्छ।’

    कार्यक्रममा प्रदेशसभा सदस्य मनोज सिंह, सिरहा नगरपालिकाका मेयर नविन यादव, गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ, उपप्रमुख मानतीसाह लगायतले मन्तव्य व्यक्त गरेका थिए।

    गोलबजार नगरपालिका वडा नम्वर २ का अध्यक्षसमेत रहेका सहकारीका अध्यक्ष सुकदेव सिंहको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन कार्यक्रमको सञ्चालन योगेन्द्र सिंह र स्वागत रेनुदेवी महतोले गरेका थिए।

    सवै शेयरधनीलाई प्रेसर कुकर प्रदान

    कुम्भीखाडी साना किसान कृषि सहकारी संस्था लिमिटेडले ११ औं वर्षिक साधारणसभाको अवसर पारेर आफ्ना शेयधनीहरुलाई प्रेसरकुकर प्रदान गरेको छ। संस्थाको शेयर बोनस कोषबाट ७ सय १३ जना शेयरधनीहरुलाई प्रसरकुकर प्रदान गरिएको संस्थाका प्रवन्धक संजय कुमार साहले जानकारी दिए।

    432012355_1358777504741709_3878021897992469905_n 431887305_1132537671105355_641559568985158652_n 419353063_1776804992785487_1599396423995037930_n

     

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल