कल्याणपुरको नवौं हिँउदे नगरसभा सम्पन्न

    • चैत्र २६, २०८०
    • ११९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा,२५चैत। सिरहाको कल्याणपुर नगरपालिकाको नवौं हिँउदे नगरसभासम्पन्न गरेको छ। नगरसभाले चालु प्रशासनिक खर्च रकम ११करोड ५९ लाख ९७ हजार रुपैयाँ मध्ये केही शिर्षकबाट रकम कट्टा र केही शिर्षकमा थप गरी ३० लाख रकम कट्टा गरी ११ करोड २९ लाख ९७ हजारको खर्च कायम गरिएको छ।

    नगरपालिकाको आठौं नगरसभाबाट पारित आर्थिक.२०८०÷०८१ को स्वीकृत नगर स्तरीय कार्यक्रमको स्वीकृत रकम ७ सात करोड ४५ करोड रकममध्ये कुनै कुनै शिर्षकबाट रकम कट्टा र कुनै कुनैमा थप गरी जम्मा ६२ लाख ५० लाख कट्टा गरी रकम ६ करोड ८२ लाख ५० हजारको कार्यक्रम राखिएको छ।

    वडा स्तरीय पुँजीगत खर्चलाई यथावत ६ करोड नै राखिएको छ।

    नगर स्तरीय पुँजीगत स्वीकृत रकम १२ करोड ५० लाख ७५हजारमा ९७ लाख ५० जार थप गरी जम्मा रकम १३ करोड ४८ लाख २५ भएको योजना तथा कार्यक्रम संशोधन तथा थप बाहेकको योजना र कार्यक्रम यथावत राखी संशोधित रकम पारित गरिएको छ।

    आर्थिाक वर्ष २०८०–०८१ को स्वीकृत वार्षिक बजेटमा जम्मा व्यय रकम ९२ करोड ६४ लाख ६२ हजार ६ सय ६९ रुपौयाँ ३१ पैसालाई जस्ताको तस्तै आजको नगरसभाबाट पारित गरेको जानकारी दिइएको छ।

    यता नगर स्तरीय प्रशासनिक खर्च संसोधन तर्फ विभिन्न् कार्यक्रम गरी विनियोजन खर्च र संसोधित विनियोजन खर्च पनि सार्वजनिक गरिएको छ।

    नगर प्रमुख रामपुकार साहको अध्यक्षतामा र प्रतिनिधि सभाका सांसद तथा पूर्व वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महत्तोको प्रमुख आथित्यमा सम्पन्न नवौं हिँउदे नगरसभामा कल्याणपुर नगरपालिकाका १२ वटै वडाका वडा अध्यक्ष, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख जितेन्द्र बस्नेत, ईलाका प्रहरी कल्याणपुरका प्रमुख, शसस्त्र प्रहरकिा प्रमुख, कार्यपालिका सदस्य तथा स्थानीयहरुको व्यापक सहभातिा रहेको थियो।

    प्रमुख अथिति प्रतिनिधीसभा सदस्य तथा पुर्व मन्त्री महत्तोले आफु निर्वाचित क्षेत्रको विकासको लागी सक्दो प्रयास गर्ने बताए। नगरसभालाई समापन गर्दै नगरप्रमुख रामपुकार साहले मन्त्रीहरु प्रति कटाक्ष गर्दै कल्याणपुरलाई विकासको पहुँचमा र नगरको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाइ प्रमुख एजेण्डा बनाइदिन संघिय सरकारका सांसद महत्तोसँग आग्रह गरे।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल