सर्लाही ठूलो मात्रामा लागू औषधसहित २ पक्राउ

    • चैत्र २४, २०८०
    • ११० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही २४ चैत। सर्लाही प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ। लालबन्दी नगरपालिका १ नवलपुरबाट नाइट्राभेट १० एमजी लेखिएको तिन हजार ट्याब्लेट सहित हरिवन नगरपालिका ७ चिताइनका २८ बर्षिय पिन्टुकुमार गुप्ता र ३० बर्षिय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको हो।


    लागुऔषध ब्यूरो वीरगञ्जको सूचनाको आधारमा प्रहरीले ज ४ प ५१३६ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध नाइट्राभेट सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ।

    आरोपीहरुले बोकेको चाउचाउको कार्टुनभित्र लुकाएर ल्याएको नाइट्राभेट ट्याब्लेट तीन हजार थान बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिएका छन।

    पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल