पत्रकार अर्जुन थपलियालालाई फ्रिडम फोरमले कानूनी साहायता उपलब्ध गराउने

    • चैत्र २४, २०८०
    • ४६४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २४ चैत। सिरहा गोलबजारका पत्रकार अर्जुन थपलियालाई न्याय दिलाउन फ्रिडम फोरम काठमाडौंले कानूनी साहायता उपलब्ध गराउने भएको छ।

    गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले फोन गरेर गोली ठोकेर ज्यान मार्ने धम्की दिएको र पत्रकार थपलिया असुरक्षित महसुस गर्दै पलायन हुने स्थिति सिर्जना भएपछि फ्रिडम फोरम कानूनी साहायताका लागि अघि सरेको छ। फोरमले थपलियाको सुरक्षा र न्यायका लागि कानूनी साहायता उपलब्ध गराउने प्रतिवद्धता गरेको छ।

    यसै बीच राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशले पत्रकार थपलियामाथि भएको ज्यान मार्ने धम्कीपूर्ण अभिव्यक्तिलाई जानकारीमा लिएको जनाएकोे छ । आयोगकी अधिकृत मञ्जु खतिवडाले आयोगले यस घटनाबारे छानविन गर्ने जानकारी दिएकी छिन्।

    ज्यान मार्ने धम्की र असुरक्षाका कारण समचार पोष्टिङ्ग बन्द भएको थपलिया सम्पादक रहेको दावानल डटकम अनलाइनलाई तत्काल पुन सुरु गर्न सिरहाका पत्रकार संगठनहरुले पहल गरेका छन्। पत्रकारहरुको एक प्रतिनिधि मण्डलले थपलियालाई भेटेर सानत्वना तथा भरोसा दिलाएका छन्। आजैदेखि दावानल पुन लयमा फर्किने वताइएको छ।

     

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    दक्षिणी चीनमा राजमार ...

      काठमाडौं, १९ बैशाख। दक्षिणी चीनको ग्वाङडोङ ...

    दलित विकास मञ्चको आय ...

    सिरहा, १९ बैशाख। सिरहाको मिर्चैयामा सञ्चालित पाँच दिवसी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल