पत्रकार थपलियालाई ज्यानमार्ने धम्कीप्रति प्रेस सेन्टरको गम्भीर ध्यानाकर्षण

    • चैत्र २३, २०८०
    • ५७७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २३ चैत। प्रेस सेन्टर नेपाल, सिरहाले गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले पत्रकार अर्जुन थपलियालाई जाइन मार्ने धम्की दिएको प्रीत गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला अध्यक्ष आशिष विश्वकर्माले आज प्रेस विज्ञप्ती जारी गर्दै दावानल अनलाईनका कार्याकारी सम्पादक सिरहा गोलबजार नगरपालिका २ निवासी अर्जुन थपलियालाई समाचार लेखेकै कारण अश्लि शब्दहरु प्रयोग गरी ज्यान गोली हानेर मार्ने सम्मको धम्की दिएको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

    विज्ञप्तीमा, ‘नेपाल सरकारको उप–सचिव जस्तो गरीमामय पदमा रहेका व्यक्तिले पत्रकारले समाचार लेखेकै कारण गत बुधबार अश्लिल गाली गलौज, धाक धम्की तथा गोली हानेर हत्या गर्ने सम्मको धम्कीदिनुले नेपालको कानुनकै धज्जी उडाएको छ। समाचार प्रति विमति भए कानूनी उपचारको बाटाहरु खुला हुँदाहुँदै पदको दम्ब प्रदर्शन गर्दै गोली हानेर मार्ने धम्की दिनु कानूनी राज्य, संविधानवाद, प्रेस स्वतन्त्रता र मानव अधिकारको ठाडो उलंघन हो। यस्तो निन्दनिय अभिव्यक्तिको प्रेस सेन्टर नेपाल, सिरहा घोर भर्त्सना गर्दछ।’

    ‘यस घटनाको छानविन गरी ज्यान मार्ने धम्की दिने प्रमुख प्रशासकीय अधिकृत केसीलाई कानूनी दायरामा ल्याउन र पत्रकार थपलियाको ज्यानधनको सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासन र प्रहरीसँग जोडदार माँग गर्दछौं।’ आज जारी विज्ञप्तीमा उल्लेख गरीएको छ।

    पत्रकार थपलियाले नगरपालिकाले गरका काममा देखिएका त्रुटी, कमजोरीहरुलाई औंल्याएर निरन्तर समाचार लेख्दै आएका छन्।

    दक्षिणी चीनमा राजमार ...

      काठमाडौं, १९ बैशाख। दक्षिणी चीनको ग्वाङडोङ ...

    दलित विकास मञ्चको आय ...

    सिरहा, १९ बैशाख। सिरहाको मिर्चैयामा सञ्चालित पाँच दिवसी ...

    श्रमिक अधिकार कार्या ...

    काठमाडौं, १९ बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल &lsquo ...

    राजनीतिक उद्यमीका सी ...

    सीके लाल अनौपचारिक छलफलको प्रमुख विष ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल