तेह्रथुम, २० चैत। तेह्रथुममा आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्। म्याङलुङ नगरपालिका ६ सुर्के ५४ वर्षीया सुबास कुमारी लिम्बुको हत्या गरेको अभियोगमा ४६ वर्षीय दिपक लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
दिपकले धारिलो हतियार (दाउ) प्रहार गरी श्रीमती हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।



 
                     
                            
                                                            


 
         
         
        

















