सेफ्टी ट्याङकमा निसासिएर सरसफाई मजदुरको मृत्यु

    • चैत्र १७, २०८०
    • १५३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुरधाम, १७ चैत। धनुषाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्याङ्क सरसफाई गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु भएको छ।

    सफा गर्न सेफ्टी ट्यांकमा पसेका स्थानीय करिव ४५ वर्षीय ठेकु मल्लिकको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

    स्थानीय विनय यादवका अनुसार नगरपालिकाले तलबभत्ता नतोकेपछि काम छाडेका ठेकु आज काममा गएका थिए। उनको मृत्यु भएको खबर आएपछि मात्रै परिवारले ठेकु काममा गएको जानकारी पाएको विनयले बताए।

    प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ।

    ईंटा व्यवसायीको समस् ...

    बर्दिवास, ५ बैशाख। नेकपा एमाले मधेश प्रदेश संसदीय दलका ...

    सहकारीको अवचलन छानवि ...

    काठमाडौं, ५ जेठ। सहकारीको अवचलन छानविनकोलागि सत्तारुढ द ...

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल