अझै रोकिएन ट्राफिक प्रहरीको असुली धन्दा

    • चैत्र १७, २०८०
    • ४१५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १७ चैत। सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा अझै रोकीन सकेको छैन्। व्यापक असुलि गरेको गुनासो बढेपछि ट्राफिकले सवारीधनीसँग लिने जरीवाना रकम भुक्तानीमा सरकारले विद्युतिय प्रणालि लागु गरे पनि सिरहा ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन नसकेका हुन्।

    पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान (म्याजिक, विङ्गर), बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी साधान, ओभरलोड बोक्ने ट्रक–टिफर, ट्याक्टरहरुसँग मासिक असुलि गर्ने प्रकृया अझै नरोकिएको व्यसायीहरु बताउँछन्।

    म्याजिक र विङ्गरहरुले क्षमताभन्दा बढी बोक्न पाउने सुविधा बापत व्यवसायीसंघबाटै प्रत्येक महिनामा एक मूष्ट रकम जाने गरेको नाम नबताउने सर्तमा एक सवारी संघका पदाधिकारीले बताए। उनले भने, ‘यसरी नै चल्दै आएको छ। दक्षिण नटक्र्याए विभिन्न बाहानामा दुखदिने गर्छ। त्यसैले पनि सवैबाट थारै थोरै उठाएर हामीले ट्राफिकलाई दिने गरेका छौं।’

    यो प्रकृया जिल्लाका सवै ट्राफिक पोष्टमा त जान्छ नै लहान देखि बर्दिवास सम्मका ट्राफिक मिलाउनु पर्ने बाध्यता रहेको उनले बताए।

    दिनभरी गाडी चलाएर ड्राईभर, खलासी, तेलको लागत कट्टा गरी मुस्किलले हजार १५ सय हात पर्ने गरेको लहान वर्दिबास चल्ने एक म्याजिक व्यवसायीले बताए। उनले भने, ‘दिनभर सडकमा गाडी कुदेर घर फर्कदाँ आफ्नो हातमा पर्ने रकमको टुङ्गो हुँदैन तर, संगठनमा रकम बुझाउनै पर्छ।’

    त्यसैगरी, ओभरलोड गरेर सिरहाक्षेत्रमा हिड्ने प्रत्येक ट्रकले मासिक एक देखि दुई हजार, ट्याक्टले एक हजार देखि १५ सय सम्म बुझाउनु पर्ने बाध्यता नै रहेको व्यसायीहरु गुनासो गर्छन्।

    व्यवसायीहरु बताउँछन, ‘थोरै लोड गरे पनि पोसाउँदैन, ओभरलोड गर्दा अलिकति फाईदा हुन्छ की भन्ने हो। त्यो पनि बाटोको ट्राफिक नमिलाई हुन्न्।’

    आर्थिक मन्दिका कारण मुस्किलले उद्योग चलाईरहेका सिरहाका इँटा व्यसायीहरु ट्राफिक प्रहरीको असुलि धन्दाको मारमा परेको बताउँछन्। उनीहरुले आफ्नो इँटा पुग्ने रुटमा सिजनको बेला प्रत्येक महिना १५ सयदेखि तीन हजार एउटा ट्राफिक विटमा बुझाउनु परेको गुनासो गर्छन्।

    ‘थोरै इँटा लग्दा पोस आउँदैन, ड्राईभर तिनै पर्यो, तेल खर्च भईनै हाल्छ। अलिकति बढी लोढ गर्यो ट्राफिक मनाउनै पर्यो जताबाट पनि व्यवसायी नै मारमा पर्छन्।’ इँटा व्यसायी प्रमोद सिंहले भने, ‘यस्तै हो सवैले चल्नै पर्यो मिलाएर काम गर्नै पर्छ। काम गर्ने भएपछि कतिसँग नियम कानुनको कुरा गर्दै हिड्ने।’

    सिरहामा ५५ भन्दा बढी इँटा उद्योगको करिव तिन सय ५० वटा ट्याक्टर नियमित चल्ने गरेको छ। त्यतिकै संख्यामा सीमेन्ट उद्योगमा चल्ने ट्रक, टिफर छन्। साना सबारीको संख्या भने हजारको आसपासमा रहेको व्यसायीहरु बताउँछन्।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत्त माधव पोखरेलले प्रत्येक ट्राफिक प्रहरी विटबाट असुल भएको अवैध रकम हाकिमलाई बुझाउने गरेको नाम नखोल्ने शर्तमा एक ट्राफिक प्रहरीले जनाएको छ। उनले भने, ‘ट्राफिक प्रहरीले जिल्लामा अवैध असुली गरेको रकम केन्द्रमा बस्नेलाई पनि बुझाउनु परेको बताए।’

    सिरहामा दिनहुँ ठूलो संख्यामा सानादेखि ठूला गाडीहरु क्षमताभन्दा बढी लोड गरी हिँड्ने गरेको भए पनि रकम दिए पछि उनीहरुलाई ट्राफिकले छाड्ने गरेको चालकहरूको आरोप छ।

    ट्राफिक प्रहरीले भने विद्युति भुक्तानी प्रणालि लागुभईसकेकाले अनाधिकृत रकम लिने कुरै नआउने बताउँदै त्यस्ता पाइएका कानुन अनुसार विभागीय कार्वाही हुने बताए।

    ईंटा व्यवसायीको समस् ...

    बर्दिवास, ५ बैशाख। नेकपा एमाले मधेश प्रदेश संसदीय दलका ...

    सहकारीको अवचलन छानवि ...

    काठमाडौं, ५ जेठ। सहकारीको अवचलन छानविनकोलागि सत्तारुढ द ...

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल