चितवन, १७ चैत। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशुली नदीमा खस्ता पाँच जनाको मृत्यु भएको छ। एक जना अझै वेपत्ता रहेका छन्।
आज बिहान बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका ५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँचै जना गोरखा नगरपालिकाको ७ का हुन्।
दुर्घटनामा गोरखा नगरपालिका ७ की ७० बर्षिया जुनकिरी रोकाया, ४१ वर्षका हरिमाया रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी को मृत्यु भएको प्रहरीले जनाएको छ।
१८ वर्षका दिवस रोकाया भने त्रिशुली नदीमा हराइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए। उनको खोजी कार्य जारी राखिएको छ।
ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको जनाउँदै चितवन प्रहरीले उनीहरू बाबुको दाहसंस्कार गरी गोरखामा किरिया पुत्री बस्न जादै थिए। थप विवरण आउन बाँकी छ।