छुआछुत विरुद्ध गोलबजार ५ मा शान्ति भोज

    • चैत्र १५, २०८०
    • १३४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १५ चैत। माँ दुर्गा महिला समुह गोलबजार ५ मगर टोलले बुधबार शान्ति सहभोज कार्यक्रम सम्पन्न गरेको छ। जातिय छुआछुत विरुद्ध स्थानीय र नजिकका वडाहरुबाट आएको विभिन्न जात जातिको सहभागितामा शान्ति सहभोज सम्पन्न भएको हो।

    यस वर्षको अन्तर्राष्ट्रिय जातिय विभेद र छुआछुत विरुद्धको दीवसकाको ‘आफैबाट सुरु गरौ, जातिय विभेद अन्त्य गरौ’ भन्ने नारालाई सार्थक बनाउन मुक्ति नेपालको सहयोगमा दुर्गा महिला समुहले आयोजना गरेको सहभोजमा एक सय भन्दा बढी व्यक्तिहरु उपस्थित रहेको बताइएको छ।

    विभिन्न जात तथा समुदायबाट उपस्थित सबै मिलेर पकाई एकै ठाउँमा बसी भोज खाएको आयोजक मुक्ति नेपालका कार्यक्रम संयोजक धिरेन्द्र साहले जानकारी दिए। समाजमा विद्मान यस्ता किसिमको विभेद हटाउन यो सराहनिय काम भएको संयोजक साहको भनाई छ।

    समुहकी अध्यक्ष बिनीता देवी रामले ‘अब देखि हामी छुआछुत मान्दैनौ, मान्छे मान्छे जातिय विभेद हटाउन यो हाम्रो प्रयास जारी रहने छ। विभिद गरेमा चुप बस्दिनौं, यस्ता विभेद विरुद्ध यो हाम्रो पहीलो पाइला हो।’

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल