काठमाडौँ, १२ चैत। निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परिपत्र गरेको छ।

परिपत्र गर्दै शिक्षा मन्त्रालयले निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई निर्देशन सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको हो।

परिपत्रमा निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति व्यवस्थापन लगायतका विषयमा कानुनी एवम् नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबै स्थानीय तहलाई पठाइदिन आग्रह गरिएको छ।

education.jpg