गोलबजार नगरपालिकाको बदनाम हुनेगरी समाचार सम्प्रेशण गरेको भन्दै खेद प्रकट

    • चैत्र ९, २०८०
    • २९४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ९ चैत। गोलबजार नगरपालिकाले विभिन्न सञ्चार माध्यमले नगरको शाख गिर्नेगरी समाचार सम्प्रेशण गरेको भन्दै खेद प्रकट गरेको छ।

    गोलबजार नगरपालिकाका वडा अध्यक्षहरुले शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै नगरले नगरसभा र कार्यपालिकाको निर्णय, प्रचलित संघिय, प्रदेश र स्थानीय कानुन बमोजिम नगरबासीको अपेक्षा, चाहाना र हित हुनेगरी काम गर्दै आए पनि पालिकालाई नै बदनाम गर्ने सुनियोजित ढङ्गले समाचार समप्रेषण गरेको भन्दै प्रेस विज्ञप्तीमार्फत खेद प्रकट गरेको हो।

    वडा नम्वर ३ का वडाअध्यक्ष धनप्रसाद लामा, ५ का बलकृष्ण गौतम, ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता संजित लामा, ८ का देव नारायण महतो, ११ का सोहेव अनवर र १२ का गणेश मुखियाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा भ्रामक समाचार सम्प्रेशण गरेको प्रति खेद प्रकट गरेको छ।

    विज्ञप्तीमा लेखिएको छ, ‘आम नागरिकबाट स–सम्मान निर्वाचित जनप्रतिनिधी एवम् राष्ट्रसेवक कर्मचारीहरुको मानमर्दन हुनेगरी हुँदै नभएका विषयहरु पत्रिकाहरु प्रकाशित भएको र यस्ता भ्रामक, तथ्यहिन एवम् झूठा विषयहरुमा आम नारवासीहरु विश्वस्त नहुन अनुरोध गर्दछौं।’

    विज्ञप्तीमा कुन–कुन समाचार झूठो र भ्रमपूर्ण हो भन्ने खुलाइउको छैन भने त्यसको सत्यतथ्य उल्लेख गरिएको छैन।

    GBR PRESS

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल