अनियमितताको छानविन गर्न समिति गठनको माँग, क्याम्पस प्रमुखले तत्काल राजिनामा दिनुपर्ने

    • चैत्र ८, २०८०
    • २३९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ८ चैत। रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसका पाँच विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुख किशोर कुमार साहको राजिनामा माँगसहित विभिन्न १५ बुदे ज्ञापनपत्र बुझाएका छन्।

    दुई कार्यकाल सकिएको १४ महिना वितिसक्दा पनि म्याद थप नभएको र अन्य विद्यालयको स्थाई शिक्षक भएकाले पनि क्यम्पस प्रशासनको कार्यमा कठिनाई हुने गरेको भन्दै विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखको राजिनामा माँग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

    विद्यार्थी संगठनहरुले नयाँ क्याम्पस प्रमुख स्थायी शिक्षक नभएको र क्याम्पसको लागि ८ घण्डा समय दिनसक्ने कार्यत प्रध्यापकहरुबाटै नियुक्त गर्नुपर्ने माँग ज्ञापनपत्रमा उल्लेख गरेको छ।

    स्नातकोत्तरको थेसिसमा विद्यार्थीहरुबाट अनियमित तरिकाले क्याम्पस प्रमुख साहले उठाएको रकम क्याम्पसको खातामा जम्मा नगरी मनोमानी ढङ्गले चलाएको हुँदा त्यसको छानविन गर्न आथिक समिति गठन गर्नुपर्ने, क्याम्पस प्रमुख सत्यभामा डोटेल माध्यमिक विद्यालय विष्णुपुरकट्टी धनगढीमाई १२ का शिक्षक भएकाले त्रिभुवन यूनिभरसीटीले परीक्षा केन्द्र खारेज गरेको हुँदा तत्काल नयाँ क्याम्पस प्रमुख नियुक्त गरी परीक्षा केन्द्र पनः स्थापनाको पहल गरिनु पर्नेमाँग गरेको छ।

    वर्षिक शुल्क मध्ये ५० प्रतिशत शुल्क जम्मा गरेका विद्यार्थीले परीक्षा फर्म भर्न पाउनु पर्ने, स्ववीयू निर्वाचनको विषयमा गठित कार्यदलल र विद्यार्थी संगठन विच भएको निष्कर्ष सार्वजनिक गरिनु पर्ने, स्नातकोत्तरको कक्षा यथासिघ्र सञ्चालन गर्नुपर्ने सहितको माँग विद्यार्थीसँगठनहरुले गरेको छ।

    विद्यालयको स्थाई शिक्षक भएकाले क्याम्पस प्रमुखले आफ्नो प्रशासनिक काम समेत प्रभावित हुने गरेको वताईन्छ।

    यहाँ कार्यरत शिक्षकमध्ये अधिकाम्स सरकारी विद्यालयको शिक्षकहरु रहेका छन्। जसका कारण विद्यार्थीको पढाई प्रभावित हुने गरेको विद्यार्थीहरुको गुनासो रहँदै आएको छ।

    अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, समाजावादी विदार्थी संगठन, अनेरास्ववियू र विद्यार्थी जनमत संघ रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पस इकाईले १५ बुदे ज्ञापनपत्र बुझाएको हो।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल