आर्थिक चलखेलमा पुराना खारेज गरेर नयाँ परीक्षा केन्द्र थपेपछि शिक्षकहरुको विरोध, विरोध पछि इकाई प्रमुख फरार

    • चैत्र ८, २०८०
    • ४०० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ८ चैत। शिक्षा, विकास तथा समन्वय इकालई सिरहाका प्रमुखले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को केन्द्र आर्थिक प्रभावका भरमा निर्धारण गरेको भन्दै शिक्षक संघ संगठनहरुले आपत्ति जनाएको छ।

    इकालई प्रमुख शशि कुमार यादवले आर्थिक प्रभाव र नाता तथा कृपावादमा पुराना केन्द्रहरु खारेजी गर्ने र नयाँ केन्द्रहरु सृजना गरेको भन्दै शिक्षक संग संगठनहरुले आपत्ति जनाएको हो।

    रकम लिएर परीक्षा केन्द्र सार्ने, नयाँ थप्ने र पुरानोलाई क्यान्सिल गरेको भन्दै जिल्लामा विरोध हुन थालेपछि उनी जिल्ला छोडेर भागेका छन्।

    बुधबार शिक्षक संघ संगठनका एक टोली नै पुगेर प्रमुख जिल्ला अधिकारीलाई पुराना परीक्षा केन्द्रहरु स्थापना गर्नु पर्ने वा इकाई प्रमुख सरुवा गर्नुपर्ने माँग राखेका थिए।

    यादबले आफूले भनेको नमान्ने र भनेजस्तो आर्थिक लेनदेनमा सहभागी नभएको विद्यालयहरुको सेन्टर नै काटीदिएको छ। सिरहाको धनगढीनगरपालिका १२ को सत्यभामा डोटेल माध्यमिक विद्यालय विष्णुपुरकट्टी भवानीपुर माध्यमिक विद्यालय, गोलबजार ३ स्थित सरस्वती माध्यमिक विद्यालय, कर्जन्हा नपा २ स्थित फूलकुमारी माध्यमिक विद्यालयसहितका पुराना परीक्षाकेन्द्रहरु खारेज गरेको छ।

    विष्णुपुरकट्टी माविमा एक जना शिक्षक भर्ना प्रकृयामा आफूले भनेको मान्छे नगराखेका झोकमा सेन्टर खारेज गरेको स्रोतले जनाएको छ। त्यसैगरी, सरस्वती माविमा पनि त्यहि शिक्षक न्यूक्ति प्रकृयामा सरिक एक शिक्षकले भर्ना प्रकृयामा सहयोग नगरेकाले परीक्षा केन्द्र नै क्यान्सिल गरिदिएको स्रोतको दावी छ।

    यता फूलकुमारी माध्यमिक विद्यालयमा आफ्ना नजीकका व्यक्तिलाई पव्रधानाध्यापक बनाउने चक्करमा वर्तमान प्रधानाध्यापक भानुभक्त गौतमलाई जानकारी नै नदिई अन्यत्र पठाएको विवाद सृजना भएको थियो। विनाकारण इकाई प्रमुख यादवले गौतमको ग्रेड कट्टासमेत गरेको बताइएको छ। यस सम्वन्मा प्रअ गौतम न्यायलयसम्म पुगेका छन्।

    त्यसैको झोकमा यादवले यहाँको पनि सेन्टर खारेज गरेको स्रोतले दावी गरेको छ।
    सारिएका सेन्टरहरु पनि व्यक्तिगत विवादका कारण रिसिवी साध्ने र आर्थिक लेनदेनमा सहभागी नभएका कारण गरिएको भन्ने स्रोतको दावी छ।

    आर्थिक लेनदेन गरेरै निजी विद्यालयहरुलाई समेत सेन्टर दिने र खारेज गर्ने गरेको निजी विद्यालयका एक संस्थापकले बताए।

    उनले आफ्नो मामा प्रधानाध्यापक रहेको गमहडिया फूलबरीया मा.वि. मा नयाँ परीक्षा केन्द्र कायम गरेको छ। आर्थिक चलखेलकै कारढा संस्था गत र सामामुदायिक विद्यालयगरी आधादर्जनभन्दाबढी नयाँ परीक्षा केन्द्र कायम गरेको छ।

    भनेको जस्तो आर्थिक चलखेलमा सहभागी नहुने विद्यालयलाई अपायक पर्ने परीक्षा केन्द्रमा पठाउने र रकम असुलेर निजी विद्यालयहरुले चाहेको ठाउँमा पठाउने गरेको स्रोतले जनाएको छ।

    इकाई प्रमुख यादवलाई फोन सम्पर्क गर्दा आफूमागि लागेको सवै आरोपहरु झुठा भएको बताए। लगतै उनले आफ्नो सरुवा भईसकेको भन्दै बाँकी कुरा निमित्तसँग बुझ्नुहोला भने। यति भन्न नभ्याउँदै म अहिले बाहिर छु बाँकी कुरा पछि गरौंला भन्दै फोन काटे।

    यस वर्ष नियमित तर्फ सिरहाबाट १० हजार नौ सय २३ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल