सप्तरी, ७ चैत। सप्तरी प्रहरीले आफ्नै बुबा हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ।

सप्तकोशी नगरपालिका ३ सखवनी नयाँ वस्तिका ४५ वर्षीय हिराई सदाको हत्या गरेको अभियोगमा उनकै २२ वर्षीय छोरा लालदेव सदालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

घरायसी विवादमा लालदेवले बन्चरो प्रहार गर्दा हिराईको घट्नास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। खबर प्राप्त हुनासाथ प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

लालदेवले बन्चरो प्रहारबाट घाइते अर्का छिमेकी ६५ वर्षीय दशन सदाको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको छ।

यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।