सिरहाको विभिन्न ठाउँबाट काठसहित चार जना पक्राउ

    • चैत्र ६, २०८०
    • २१२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ६ चैत। डिभिजन वन कार्यालय लहान, सिरहाले प्रहरीको सहयोगमा कर्जन्हा ४ बाट चिरान, गोलिया र बनेको झ्यालसहित करिव ६९ क्युफिट सालको काठ बरामद गरेको छ।

    डिभिजन वन कार्यालयको नियमित गस्ती टोलिले इलाका प्रहरी कार्यालय बन्दिपुरको सहयोगमा कर्जन्हा ४ का इन्द्रजित महतोकोबाट विभिन्न साइजको साल प्रजातीको ६० थान चिरान फन्टा, एक थान गोलिया र ६ वटा तयारी झ्यालसहित ६८.७२९ क्युफिट काठसहित प्रदेश ३–०१–०२२ च ८६६८ नम्वरको पिकप मंगलबार विहान नियन्त्रणमा लिएको हो।

    वन कर्मचारीले काठसँगै काठ अनलोड गरिरहेको अवस्थाका पीकप, पिकपका चालक कर्जन्हा नगरपालिका ३ का २९ जिवन साह, ३० वर्षिय जितेन्द्र मुखिया र थप एक किशोरलाई पक्राउ गरेको डिभिजनल वन अधिकृत सुजित कुमार झाले जानकारी दिए। महतो भने फरार रहेको बताइएको छ।

    उनका अनुसार वन कर्मचारीले स.११प १७३५ र प्र.०२–प १७२४ नम्वरको मोटरसाइकल र दुईथान मोवाईल समेत बरामद भएको जनाएको छ। उक्त काठ अबैध रूपमा चुरे वनक्षेत्रवाट ल्याएको हुन सक्ने वन कार्यालयले जनाएको छ।

    वन कार्यालयले पक्राउ परेकाहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

    त्यसैगरी, प्रहरीले अर्नामा १ महनौर चौकवाट कुनै पुर्जी प्रमाण नभएको अबैध रूपमा ओसारपसार गर्दै गरेको सिमल प्रजातीको १६ वटा गोलिया काठस लोड गरिएको ट्याक्टर र चालक पक्राउ गरेको छ। प्रहरीले प्र. २–०१–००१ त्. २५३२ नम्वरको ट्याक्टर र चालक गोलबजार ३ का रामकुमार पासवानलाई पक्राउगरी सव डिभिजन वन कार्यालय गोलबजारलाई बुझाएको हो।

    ban2 ban 1 431195159_25566744869605669_6843290329864925981_n

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल