सुनकाण्डमा मुछिएका माओवादी नेता महरा पत्राउ

    • चैत्र ५, २०८०
    • १९६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ५ चैत। वादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।  पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरेको हो। 
    इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा यसअघि नै पक्राउ परेका थिए। 
    केही दिनअघि मात्रै सीआईबीले सुन तस्करीमा महराकोसमेत संलग्नता देखिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो। 

    उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका थिए। 

    मन्त्रालयमा केही दिनअघि भएको छलफलमा मन्त्री लामिछानेले मा‌ओवादी केन्द्रका उपाध्यक्ष महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका थिए। 

    गत शुक्रबार मात्र मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

    गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो। यो प्रकणमा उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरूसमेतलाई आयोगले दोषी देखाएको छ।

    नेपालखवरबाट।

     

    इलाम २ मा एमालेका सु ...

    काठमाडौं, १८ बैशाख। इलाम २ बाट नेकपा एमालेका उम्मेदवार ...

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल