राष्ट्रिय गौरव योजनाको नाममा उत्खनन् गरिएका ग्राभेल निजि क्रसर उद्योगलाइ बेच्दै

    • चैत्र ४, २०८०
    • ३२४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    गमकपोष्ट सम्वादाता/सिरहा, ४ चैत। सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा सरोकारवाला निकाय कै मिलोमतोमा गागनखोलाबाट व्यापक रुपमा अनियन्त्रित उत्खनन् गरी निजि वालुवा क्रसर उद्योगहरुमा विक्रि गरेको पाइएको छ ।जिल्लामा निमार्णकार्य चलिरहेको लगडीगदियानी–जमदह सडकको नाममा गागनखोलाबाट निकालिएको गिट्टीवालुवा निजी क्रसर उद्योगहरुमा विक्रि गरेको पाइएको हो।

    सडक निर्माणमा आवश्यक सवबेशको लागि निकालिएको गिट्टी बालुवा बोकेको टिफर र ट्याक्टरहरु निमार्णकार्य चलिरहेको सडकमा नलगेर स्थानिय क्रसर तथा वालुवा प्रशोधन उद्योगहरुमा विक्रि गरिरहेको स्थानियहरु बताउछन्। राष्ट्रिय गौरव योजनाको नाममा गागनबाट अनियन्त्रित उत्खन्न् गरी अवैध रुपमा स्थानिय क्रसरहरुमा विक्रि वितरण गरेपनि स्थानिय जनप्रतिनिधि र प्रहरी प्रशासन मौन भएर बसेको स्थानियहरुले आरोप लगाएका छन्।

    खोलामै तीन वटा स्काभेर प्रयोग गरेर दर्जनौं टिफर र ट्याक्टरले धनगढीमाई नगरपालिका ७ स्थितको संचालक राजेन्द्र यादवको तिरुपति गिट्टी वालुवा प्रशोधन उद्योग, वडा ९ मा रहेका भिम वालुवा प्रशोधन उद्योग लगायतका क्रसरहरुमा गिट्टीबालुवा पुग्ने गरेको स्थानिय विजय साहले जनाएको छ। उनले भने, ‘राष्ट्रिय गौरव योजनाको नाममा तिनवटा स्काभेटर खोलामै उतारेर दिनदहाडै नदी दोहन गरिएपनि जिल्लाका सरोकारवाला निकाय मौन भएर बस्नुले सरोकारवाला निकायकै आर्थिक सेटिङमा अवैध उत्खनन् भइरहेको पुष्टी हुन्छ।

    गोलवजार नगरपालिकाले गत असोज १ गते देखि जेष्ठ मसान्त सम्मका लागी जय शम्भु कन्सट्रक्सनलाई ७५ लाख ५१ हजार १ सय ११ रुपैयामा गागन नदी ठेक्कामा दिएको गोलबजार नगरपालिकाका राजस्व शाखा प्रमुख रामवृक्ष महतोले जनाएको छ । सडक निर्माणका लागि चाहिने नदीजन्य गिट्टी बालुवा आपूर्ति गर्ने उद्देश्यले नै गागन नदी ठेक्का लिएको सो कम्पनीका प्रतिनिधि दीपक कार्कीले बताए । कार्कीले बताए अनुसार ५० हजार घन मिटर अर्थात ५ देखि ६ हजार ट्रिपर गिट्टी बालुवा र बेसका लागि रोडा गागन नदीबाट झिक्नु पर्ने छ ।

    गोलबजार नगरपालिकाले २ हजार ६ मिटर लम्बाई १ सय मिटर चौडाई र २ मिटर गहिराईसम्म स्काभेटर लगाएर खन्ने इजाजत दिएको छ । तोकिएको क्षेत्रफल उत्खनन् गर्दा करिव २ लाख घनमिटर नदीजन्य पदार्थ निस्कन्छ । लगडी गदियानी सडकमा ५० हजार घनमिटर मात्र आवश्यक पर्छ । जवकि खोलाको ठेक्का सम्झौता गर्दा स्काभेटर प्रयोग गर्ने शर्तनामामा उल्लेख छैन । सडकको नाम लगाएर जय सम्भु कन्सट्रकसन कम्पनीले अतिशय नदी दोहन गर्न लागेको छ ।

    गागन नदीबाट बिहान सूर्योदयदेखि सूर्यास्तसम्म स्काभेटरले उत्खनन् गरेर दैनिक २ सय ट्रिपर र ५ सय ट्याक्टर ग्राभेल निकाल्ने गरेको स्थानियहरु बताउछन्।

     

     

     

    इलाम २ मा एमालेका सु ...

    काठमाडौं, १८ बैशाख। इलाम २ बाट नेकपा एमालेका उम्मेदवार ...

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल