विधुत प्राधिकरणको लापर्वाहीले मोरङका २३ सतार परिवारको घर सखाप

    • चैत्र ४, २०८०
    • २०९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    मोरङ, ४ चैत। विधुत प्राधिकरणको लापर्वाहीका कारण रंगेलीमा भिषण आगलागी भएको छ। प्राधिकरणले समयमा तार नमिलाएका कारण मोरङको रंगेली नगरपालिका ३ मा भिषण आगलागी हुँदा २३ परिवारको बिचल्ली भएको हो। आगलागीमा परेर सतार बस्तीका २५ घर सखाप भएका छन्।

    शनिवार दिउँसो २ बजे सुरुभएको आगो निभाउन स्थानीय, बारुण यन्त्र, प्रहरी लगायतको टोलीलाई साँझ ४ः३५ बजेसम्म लाग्यो।

    यो समयमा २५ घरका कसैले पनि आफ्नो शरिरमा भएको कपडा बाहेक केहि जोगाउन सकेन्न। पिडित गाँउले अहिले गाइ फाराममा रात काटिरहेका छन्।

    प्रहरीका अनुसार जंगली मुर्मुको गोठबाट सुरु भएको आगो एकैछिनमा सिंगो गाउँमा सल्किएको थियो। फुस (खर)को छाना भएका, स–साना र एक अर्कामा जोडिएका घर भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको प्रहरीको भनाइ छ।

    पश्चिम तर्फको तिब्र हावाका कारण पनि आगो बस्तीमा केहिवेरमै फैलियको थियो।

    मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार पीडितले घरभित्र रहेका कुनै पनि सामान निकाल्न पाएनन्। सुन, चाँदी, नगद, लत्तकपडासहित सबै अन्नपातसहितका धनमाल जलेर नष्ट भएको कार्कीले बताए।

    पीडितले शरीरमा लगाएका कपडा बाहेक केही बचाउन सकेनन्। घरबाट मालसामान निकाल्न खोज्दा २९ वर्षीया तलाबेटी मुर्मू जलेर घाइते भएको एसपी कार्कीले जानकारी दिए।

    मुर्मूको रंगेली अस्पतालमा उपचार भइरहेको छ। आगोले जंगलीसहित तल्लु, भना, धारो, जुगल, मंगल, साइला, सञ्चराम, गम्बु, सुकदेव, राम मुर्मू तथा चन्द्र, सुकल, बासुदेव, चट्टा किस्कु एवं मनोज, बुद्दराय, मराहाङ हेमराम र सुमन सतार, सुकल हस्दा, लुकु टुडू तथा बाबूलाल बेश्राको परिवार बिचल्ली भएका छन्।

    यसरी सल्किएको थियो आगो

    प्रहरीका अनुसार जंगली मुर्मुको गोठबाट आगो सल्किएको हो। जंगलीको गोठ माथी नेपाल विधुत प्राधिकरणको तार लत्रिएको थियो। सो तारमा हप्तादिन अघि विधुत सर्ट भएर आगो लागेको थियो तर स्थानीयले तत्कालै थाहा पाए र आगो नियन्त्रमा लिएका थिए।

    सो आगलागी पछि प्राधिकरणलाई स्थानीयले तार व्यवस्थित गर्न जानकारी गराए तर प्राधिकरणले तत्काल तार व्यवस्थापन नगर्दा पुनः आगो लागेको स्थानीयको भनाई छ। प्राधिकरणको लापर्वाहीले सिंगो सतार बस्ती सखाप भएको पूर्व जनप्रतिनिधि तथा स्थानीय घनश्याम पनेरुले बताए। प्राधिकरणले समयमा कुरा नसुन्दा गाउँ नै खरानी भएको पनेरुले बताए। उनले भने, ‘प्राविधकरणका लापर्वाहीले आज गरिव वस्ती सखाप भयो। गरिव विपन्न यो दर्दनाक पिडा भोग्न बाध्य हुनु पर्यो।’

    तत्काललाई राहत

    आगलागीबाट पीडित परिवार नजिकैको गार्इ फाराम बसिरहेका छन्। तत्काल पीडितको व्यवस्थापन र राहतका लागि स्थानीयदेखि प्रदेश सरकारसँग समन्वय भइरहेको मोरङ प्रशासनले जनाएको छ। आगलागी पछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, मन्त्रालयका सचिवसहित मोरङका सुरक्षा अधिकारीले स्थलगत निरीक्षण गरेर घटनाको सबै जानकारी लिएका छन्।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको सक्रियतामा पीडितलाई खाद्यान्न, ओढ्ने, ओछ्याउने र खानेपानी वितरण गरिएको छ । तत्कालका लागि १ परिवारलाई २÷२ वटा ओढ्ने र ओछ्याउने कपडा तथा १० किलो चामल एवम् १ काटुन पानी उपलब्ध गराइएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। स्थानीय सरकारले पनि राहत दिएको उनको भनाइ छ ।

    ‘आगोले ठूलो क्षति गरेको छ। रङ्गेली नगरपालिकाकी उपमेयर भूमा पराजुली विभिन्न वडाका वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले राहत वितरण गरेका छन्।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल