सिरहा, २ चैत। सिरहा प्रहरीले ब्राउन सुगरसहित उक युवकलाई पक्राउ गरेको छ। प्रहरीले औरही गाउँपलिका १ दरहैयाबाट कर्जन्हा नगरपालिका २ का २७ वर्षिय राजेश ठाकुरलाई विहिवार १७ ग्राम ६९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउदै गरेको को.४ प. ८२८४ नम्वरको मोटरसाईकल चेकजाँच गर्दा ठाकुरले माक्समा लुकाई राखिएको अवस्थामा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कर्यालय सिरहाका सूचना अधिकारी रबिन्द्र राज पाण्डेले जानकारी दिए।

ठाकुरलाई ब्रउन सुगरसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भईरहेको जाएको छ।