छात्रामाथि दुव्र्यवहार गर्ने मुनलाइट होस्टल सञ्चालक मधु रेग्मी पक्राउ, विद्यार्थी संगठनहरुद्वारा कार्वाहीको माँग

    • फाल्गुन ३०, २०८०
    • १५० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बिराटनगर, ३० फागुन। होस्टलमा बस्ने विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा मुनलाइट गल्स होस्टल सञ्चालक मधु रेग्मी पक्राउ परेकी छन्।

    मोरङको विराटनगर महानगरपालिका ८ मा रहेको सो होस्टलमा बस्दै आएकी एक छात्रालाई राति नै होस्टल छाड्न भन्दै लछारपछार गरेको भिडियो सार्वजनिक भएसँगै पत्राउ गर्न दवाव बढेपछि प्रहरीले पक्राउ गरेको हो।

    रेग्मीका बिरुद्धमा जाहेरी भने दर्ता भएको छैन् तर उनलाई तत्काल नियन्त्रणमा लिएर कार्वाही गर्नुपर्ने चौतर्फी दवाव बढेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक रञ्जन कुमार दाहाले जानकारी दिए।

    छात्रामाथि दुर्वेवहार गर्दै गरेको भिडियो यतिवेला समाजिक सञ्जालमा भाईरल भएको छ। जाहेरी दर्ता भएपछि मुद्दाको प्रकृतिअनुसार कारबाही अगाडि बढाउने तयारीमा रहेको दाहालले बताए।

    विराटनगरमा पुरानो राजनैतिक बिरासत रहेको रेग्मी परिवारले नर्सिङ कलेजकै नजिकका मानिससँगको लाभांश साझेदारीमा होस्टल चलाउँदै आएको बताइन्छ।

    यस घटनामा विभिन्न विद्यार्थी संगठनले चासो दिएका छन् भने विराटनगर नर्सिङ क्याम्पस इकाई समितिले निन्दा गर्दै कडा कारबाहीको माग गरेर विज्ञप्ति निकालेको छ।

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल