पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन

    • फाल्गुन २९, २०८०
    • ३७४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २९ फागुन। नेकपा एमालेका पूराना नेता तथा लुम्विनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको आज ८० वर्षको उमेरमा निधन भएको छ। सिरहाको सुखिपुर नगरपालीका ६ खरही टोलमा २००० सालमा जन्मेका नेता यादवको आज आफ्नै निवास गोलबजारमा निधन भएको हो।

    लामो समयदेखि विभिन्न पीडित यादव केही समय पहिला प्यारालाईसीसले थलीएका थिए। उनी छोरा बुहारीसँगै गोलबजार नपा ६ मा बस्दै आएको र उनको आज अपरान्ह मृत्यु भएको नेकपा एमालेका जिल्ला उपसहिवसमेत रहेका गोलबजार नगरपालिका प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिए।

    विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएको जनाए। सदस्यता लिएदेखि निरन्तर रुपमा कम्युनिष्ट पार्टीमै क्रिय यादव २०७६ कात्तिक १८ गते लुम्विनी प्रदेश प्रमुख सिफारिस भएका थिए।

    यादव २०३७ सालमा ३ महिना जेल परेका थिए। सरकारी कामकाजमा आँच पुर्याउने गतिविधि गरेको आरोपमा उनलाई जेल हालेका थिए। त्यसपछि पनि उनी शिक्षण पेसासँगै राजनीतिमा सक्रिय रहे। २०४६ सालमा प्रजातन्त्रको पुनर्वहालीपछि उनी २०४८ को आम निर्वाचनमा शिक्षण पेशाबाट अवकास लिएका थिए। त्यसपछि पनि ५१ को मध्यावधी निर्वाचनमा भाग लिए पनि उनी पराजीत भए।

    राजनीतिमा लागेर सम्पती र जागीर गुमाए पनि उनी विचार र व्यवहारले पक्का र इमान्दार नेताकारुपमा परिचित थिए।

    उनको शव आजै जन्मथलो सिरहाको सुखिपुर लाग्ने तयारई भईरहेको जनाएको छ।

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल