साईकल यात्रीलाई ठक्करदिएको भन्दै बसमा आगजानी

    • फाल्गुन २८, २०८०
    • २२८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, २८ फागुन। सर्लाहीमा यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिएको भन्दै आक्रोसित स्थानीयले बसमा आगजानी गरेका छन्।

    नवलपुर मलंगवा सहायक सडक अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज साईकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय ५५ वर्षिय जुगल महतोलाई ठक्कर दिएकोभन्दै आक्रोसित स्थानीयले बसमा आगजानी गरेको हो।

    दुर्घटनामा परेका महतो गम्भीर घाईते भएका छन्। घटना लगतै स्थानीयले बसमा आगजानी गरेको प्रहरीले जनाएको छ। आगजनी बाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

    घाईते महतोलाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिए पनि सामान्य उपचारपश्चात थप उपचारको लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुख एसपी दयानिधि ज्ञवालीले जानकारी दिए।

    बसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ। घटनाको थप अनुसन्धान भइरहेको सर्लाही प्रहरिले जनाएको छ।

     

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल