‘सुब्बा’को कार्ड देखाउँदै लाखौं ठगेर कार्यालय सहयोगी फरार, प्रमुख भन्छ मलाई पत्तै छैन

    • फाल्गुन २७, २०८०
    • ४१८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    आशिष विश्वकर्मा

    सिराहा, २७ फागुन। कृषि ज्ञान केन्द्र, सिरहाका कार्यालयका सहयोगीले सेवाग्राहीसँग अनुदानको ट्याक्टर मिलाइदिने भन्दै लाखौं रकम कुम्ल्याएर फरार भएको रहस्य वाहिरिएको छ। कृषि ज्ञान केन्द्र, सिरहाका कार्यालय सहयागी अजयकुमार कर्ण किसानहरुलाई अनुदानमा ट्याक्टर दिलाइदिने भन्दै असुल गरेको लाखौं रकम लिएर फरार भएका हुन्।

    कार्यालय सहयागीको रुपमा कार्यरत कर्णले कृषि ज्ञानकेन्द्रबाट अनुदानमा वितरण गरिने कृषि औजारहरु ट्याक्टर, थ्रेसर, पावर ट्रेलरलगायतका कृषि उपकरण लिन कार्यालय प्रमुखलाई आग्रीम घुस रकम दिनुपर्ने भन्दै ११ जना किसानहरुसँग करिव ९६ लाख रकम ठगेर फरार रहेको पिडित किसानहरु बताए।

    कार्यालय प्रमुख नरेन्द्र कुमार महासेसँग यत्रो रकमको चलखेलहुँदा कार्यालय प्रमुले चालै पाएन त? भनि जिज्ञासा राख्दा उनले अनविज्ञता प्रकट गरे। उनले भने, ‘कार्यालय भित्र यो काम भएको होइन, बाहिर कसले कहा के के गर्छ मलाई थाहा हुने कुरा भएन।’

    तर, जानकारहरुभने भने कार्यालय प्रमुखको सँगल्नताविना कार्यालय सहयोगीले यतिठूलो रकमको असुलिधन्दा चलाउनै नसक्ने बताउँछन्।
    कार्यालय सहयोगी भएपनि कर्णले नायव सुब्बाको कार्ड गलामा झुड्याएर ठगीधन्दा चलाउँदा कार्यालय प्रमुखले जानकारी छैन भन्नु अर्को झुठ भएको स्थानीय बुद्धिजिवी बताउँछन्।
    कार्यालय सहयागी कर्णले लक्ष्मीपुर पतारी ५ का लालु यादवसंग अनुदानको ट्रयाक्टर मिलाइदिने भन्दै ५ लाख रकम लिएको थियो। यादवले नत अनुदानको ट्याक्टर नै पाय नत रकम नै फिर्ता पाए। उनले भने, ‘रकम दिएपनि मैले ट्याक्टर पाइनँ, पछि रकम फिर्ता गनुपर्ने भनेपछि कणर््ाले २०८१/४/१७ गतेको मिति उल्लेखित पाचँ लाखको चेक दिए। अहिले सुन्छु उनी फरार छन्।’

    औरही गाउँपालिका २ स्थित तुलसीपुरकी पुनिता महतोले ‘ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति हुन्। कृषि ज्ञान केन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरी ट्र्याक्टर पाउने आशले आग्रिम अनुदानको आधा रकम बुझादिए।

    तर, ‘अहिले न ट्याक्टर पाइयो, न रकम फिर्ता नै।’ उनका अनुसार कर्णले गत कात्तिक १९ र २० गते नबिल र ग्लोबल आइएमई बैंकको चेक दिएका थिए। तर उक्त खातामा चेक वरावरको रकम नभएको बैंकले बताए।

    पीडितले पटक–पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारीपछि चेक अनादारमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्टसहित निवेदन दिएका बताइएको छ।

    अर्नामा गाँपा ४ का मनोज कुमार यादवलाई पनि कर्णले ठगर फरार भएपछि मानसिक तनावमा परेको बताए। कर्णले सिराहाको औरही, अर्नामा, कल्यानपुर, मिर्चैया, वरियारपट्टी, लक्ष्मीपुर पतारीलगायतका स्थानबाट ११ जना किसानको करिव ९६ लाख कर्णलाई ट्याक्टर पाउने आशमा बुझाएको पीडितहरुले बताए।

    कर्ण कृषि ज्ञानकेन्द्र स्थापना भएपछि २०७७ मा किसुनदेव राउत कार्यालय प्रमुख भएका बेला करार सेवाका कार्यालय सहयोगी नियुक्त भएका थिए।

    प्रत्येक पीडितहरुबाट कर्णले पाँचदेखि नौ लाखसम्म लिइएको थियो। केही बैंकमार्फत त केही नगदमा उक्त रकमको कारोबार गरिएको पिडितहरु बताए। ट्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिमा नबिल र ग्लोबल आइएमई बैंकको चेक सहीछाप गरी पीडितलाई दिएका थिए। कर्णले नायव सुब्बाको परिचयपत्र झुन्ड्यार ठगीगरेको पीडितहरु बताउँछन्।

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल