मधेश प्रदेशः सिटी स्क्यान खरिद घोटालाको छानबिन समिति गठन

    • फाल्गुन २५, २०८०
    • ३,३६७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    स्वास्थ्य मन्त्री वीरेन्द्र सिंहको सेटिङमा मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले सर्लाही र सिरहाका लागि खरिद गर्नलागेको सिटी स्क्यान प्रकरणमा घोटाला भएको समाचार आएपछि  प्रदेश सकारकाले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। 

    छानबिन समितिमा नवौँ तहका अधिकृत डाक्टर ईन्द्रजीत रजक, बायोमेड इञ्जिनियर शैलेन्द्र यादव र शाखा अधिकृत रवीन्द्र यादव रहेका छन् । प्रदेश सरकारको मन्त्रिपरिषद्बाट छानबिनका लागि उनीहरुलाई आधिकारिक समितिको पत्र पुगेको छ।

    आपूर्ति केन्द्रले खरिद गर्न लागेको २० करोड रुपैयाँको दुई वटा सिटी स्क्यान मेसिन खरिदका लागि मेडिकल व्यवसायी विशाल पण्डितको हस्पिटेक कम्पनीले मात्र खरिद गर्न पाउने गरी २०१२ को १२ वर्ष पुरानो फिलिप्सको मेसिन किन्ने उद्देश्यले टेन्डर स्पेसलक गरेको थियो ।  स्वास्थ्यमन्त्री सिंह र विशाल पण्डितको काठमाडौँस्थित बसेरा होटलमा सिटी स्क्यान मेसिन खरिद बारे वार्ता गरेको आरोप लगाइएको थियो।

    पण्डितलाई ठेक्का दिनकै लागि मुख्यमन्त्री सरोजकुमार यादवसँग सल्लाह गरेर निर्देशक नागेन्द्र यादवलाई सरुवा गरेर मन्त्री सिंहले आफ्ना विश्वासपात्र डा. मनीष पाण्डेलाई निमित्त निर्देशक बनाएको स्रोतको दाबी रहेको छ।

    पण्डितको कम्पनीलाई ठेक्का दिने प्रोजेक्ट बनाउन पण्डितकै कम्पनीका पूर्व कर्मचारी वन्दना मिश्रलाई परामर्शदाता नियुक्त गरिएको छ । दरबन्दीका बायोमेड इन्जिनियर शैलेन्द्र यादवलाई सरुवा गरिएको थियो ।  सरुवा गरिएका ईन्जिनियर शैलेन्द्र यादवलाई सरकारले अहिले छानबिनमा जिम्मेवारी दिएको छ।

    व्यावसायी पण्डितको सेटिङमा खरिद प्रकरण अघि बढेपछि कैयौं मीडियाले लगातार खबरदारी गर्दै आएको थिए । मधेश प्रदेश मुख्यमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मधेश प्रदेश सभाको सार्वजनिक लेखा समितिमा अर्का मेडिकल व्यवसायी नारायण कार्कीले एउटा कम्पनीलाई मात्र ठेक्का दिने काम रोकेर सबैलाई प्रतिस्पर्धा गर्न पाउने गरी टेन्डर आव्हान गर्न माग गरेका थिए।

    साथै यस प्रकरणमा मुछिएका पण्डित, पाण्डे र मिश्रमाथि छानबिन गरी कारबाही गर्न ब्यवसायी कार्कीले माग गरेका थिए।

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल