वन क्षेत्रवाट ढुङ्गा, गिट्टी उत्खनन गरिरहेको अवस्थामा जेसिबी र टीफर नियन्त्रणमा

    • फाल्गुन २३, २०८०
    • ८०४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    आशिष विश्वकर्मा

    सिरहा, २३ फागुन। वन कार्यालय सिरहाको गस्ती टोलिले चुरे वन क्षेत्रवाट अवैधरुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन गरिरहेको अवस्थामा एक–एक जेसिबी र टीफर नियन्त्रणमा लिएको छ।

    सब डिभिजन वन कार्यालय, चोहर्वाको गस्ती टोलिले नरहा गाउँपालिका ३ जचौहर्वा आर्मी क्याम्प पछाडिको चुरे वन क्षेत्रवाट बा. ५ प १८६७ जन्वरको टिफर र नम्वर नभएको जेसीवी बुधबार विहान नियन्त्रणमा लिएको हो।

    विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय, चोहर्वाका वन अधिकृत मनोज कुमार कर्ण नेतृत्वको टोलिले प्रहरीको सहयोगमा दुवै सवारीसाधान नियन्त्रणमा लिएको डिभिज वन कार्यालय लहानका प्रमुख सुजित कुमार झाले जानकारी दिए।

    वन कर्मचारीलाई देखेपछि फरार चालकको खोजी भईरहेको वन कर्मचारीले जनाएको छ। चलक फरार भएपनि यस क्षेत्रमा ग्राभेल व्यवसायीका नामले परिचित रामबाबु यादवको टिफर र जेसीवी भएको बुझिएको छ।

    नियन्त्रणमा लिएको दुवै सवारीसाान सब डिभिजन वन कार्यालय चोहर्वामा राखिएको छ। यस वारे थप अनुसन्धान भईहेको वन कार्यालयले जनाएको छ। एक वन कर्मचारीले अहिले गाडी वेवारीसे अवस्थामा रहेपनि यो रामबाबुकै हो भन्ने जानकारी दिए। तर, अहिलेसम्म कोही जेसीवी र टिफर मेरो हो भनेर दावीगर्न आईनसकेका छैनन्।

    यस क्षेत्रबाट वर्षौंदेखि विना दर्ता निर्वाधरुपमा प्रहरी प्रशासनकै मिलेमत्तोमा अवैध उत्खन्न हुँदै आएको छ। स्थानीयको दवाव पछि केही टिफर र जेसीवी नियन्त्रणमा लिएपनि सामान्य राजस्व बुझाएर छुट्ने गरेको स्थानीयहरु नै बताउँदै छाएको छ।

    विद्यालयकै वरपर गैरकानुनी रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन र विक्रिवितरण हुँदै आएपनि प्रहरीको मौनता उदेकलाग्दो रहेको स्थानीय वासिन्दा बताउँछन्।

    विद्यालयको क्षेत्रमा अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी गर्दा पनि नरोकीएको उनीहरुको गुनासो छ।

    दिनरात प्रहरीको डिउटी रहने चोहर्वाचोककै बाटोबाट दर्जनौं स्थानामा खाड्नो खनेर वर्षौंदेखि ढुङ्गा, गिट्टी, वालुवा उत्खनन भईरहेको छ। तर, सरोकारबाला निकायको मौनताले स्थानीय आजित भईसकेको बताउँछन्।

    e444dc23-549e-4c59-af05-397ee0e79de9

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल