प्रतिवन्धित लागु औषधसहित वीरगञ्जबाट चार युवक पक्राउ

    • फाल्गुन २२, २०८०
    • ३१३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २२ फागुन। पर्सा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित दुईजनाई नियन्त्तणमा लिएको छ।

    वीरगंज महानगरपालिका १६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध ब्राउन सुगर १२ ग्राम २ सय ४० मिलिग्रामसहित रौतहट गुजरा नगरपालिका ३ कटानीका ३२ वर्षीय भिम बहादुर वाईवा र २५ वर्षीय मिलन तामाङ्गलाई पक्राउ गरेका हुन्।

    प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका प्र.२–०३–००८ प १४३४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उनीहरुको साथबाट ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

    यसैगरी, वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटस्थित बाटोबाट नियन्त्रित लागूऔषध फेनारगन ४५ एम्पुल, नुर्फिन ४५ एम्पुल र डाईजेपाम ४५ एम्पुलसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा ओखलढुङ्गा घर भई मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ बस्ने ३२ वर्षीय गणेश घिमिरे र बकैया गाउँपालिका ४ जुरेली टोलका ३५ वर्षीय बिकाश भोलन रहेका छन्। प्रहरी चौकी ईनारुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

    पक्राउ परेकाहरु उपर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल