विराटनगर, २१ फागुन। प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग, धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल कार्यालयकै भान्सघरमा झुण्डिएको अवस्थामा फेला परेका छन्। गुल्मको आफ्नै निवाससँगै रहेको भान्साघरको पङ्खामा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको हो।
‘दिउँसो सवा २ बजेतिर मृत फेला परेको खबर आएको र त्यस लगतै अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुगिसकेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।
पाल्पा स्थायी ठेगाना भएका बस्यालको परिवार भने काठमाडौँमा रहेको बुझिएको छ। सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डीआइजी अन्जनी पोखरेलले पनि घटनाको विस्तृत विवरण नआएको र आफू घटनास्थलमा जाँदै गरेको बताए।